आइतबार, पुष २८, २०८१
13:40 | १९:२५

कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने

रासस डिसेम्बर १८, २०२२

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवालगायत नेका पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सहभागी हुँदै । तस्बिर- रत्न श्रेष्ठ, रासस

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी सरकार कांगे्रसकै नेतृत्वमा गठन गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले संसदीय दलको निर्वाचनका लागि समिति पनि गठन गरेको छ ।

बैठकमा निर्वाचनपछिको समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी कूल ८९ सिट जितेर संघीय संसद्को सबैभन्दा ठूलो दल बनेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू