मंगलबार, मंसिर ११, २०८१
21:34 | ०३:१९

आइएसले लियो काबुल होटलमा घातक हमलाको जिम्मा

रासस-सिन्ह्वा डिसेम्बर १३, २०२२


काबुल, २७ मङ्सिर-चरमपन्थी उग्रवादी समूह इस्लामिक स्टेट (आइएस) ले सोमबार काबुलको एउटा होटलमा भएको घातक हमलाको जिम्मा लिएको छ ।

एक विज्ञप्ति जारी गर्दै यसका दुई लडाकुहरूले चिनियाँ कूटनीतिज्ञ र व्यापारीहरूले बारम्बार भ्रमण गर्ने होटेलमा आक्रमण गरेको बताएको छ।

घाइतेहरूको आकस्मिक उपचार गरिरहेको अस्पतालले आक्रमणपछि १८ जना घाइते भएको र तीन जनाको मृत्यु भएको जनाएको छ ।

अफगानिस्तानको राजधानीका अधिकारीहरूले उक्त हमला दिउँसो २-३० बजे भएको बताएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू