आइतबार, वैशाख ७, २०८२
गायक सुगम थापाको ‘तिमी भन्छौ’ सार्वजनिक


नेपाली लिङ्क
डिसेम्बर ११, २०२२
गायक सुगम थापा मगरको स्वरमा सजिएको ‘तिमी भन्छौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार थापाले नौ वर्षपछि ‘तिमी भन्छौ (तिमी बिना-२) पप गीत लिएर आएका हुन् ।
विदेशी भूमिमा रहेर पनि नेपाली गीत संगीतको माया मोहबाट टाढिन नसकेका गायक थापाकै शब्द तथा संगीत रहेको गीत ‘तिमी बिना’ ले युवा पुस्ताको माया प्रेमलाई प्रतिनिधित्व गर्ने गायक थापाको दावी छ।
उक्त गीतको संगीत संयोजन मोहित मुनालले गरेका छन् भने निकेश खड्काको निर्देशनमा मोडल कुन्साङ बम्जन, हाँस्यकलाकार खबपु चन्चल मगर र मेलिना चाम्लिङ राईको अभिनय छ ।
राजेन्द्र हुमागाईको छायांकन र विकास धमलाको सम्पादन रहेको गीत रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो । उक्त गीत सुगम थापा मगरले आफ्नै अफिसियल च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
म्यूजिक भिडियो ‘तिमी भन्छौ’
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
मार्च १५, २०२५
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५