शुक्रबार, कार्तिक ९, २०८१
20:28 | ०१:१३

नेपलिज एसोसिएसन अफ वील्सायरलाई तेश्रो पटक कम्युनिटी अवार्ड

नेपाली लिङ्क नोभेम्बर २७, २०२२


लन्डन । बेलायतको स्वीन्डन क्षेत्रका नेपालीहरुको संस्था ‘नेपलिज एसोसिएसन अफ वील्सायर’ ले यस वर्ष पनि कम्युनिटी अवार्ड जितेको छ ।

स्थानीय समुदायमा गरेको योगदानको कदर गर्दै एसोसिएसनलाई तेश्रो वर्ष लगातार ‘एमटिएम अवार्ड’ दिइएको हो ।

एसियन, अफ्रिकन तथा अल्पसंख्यक समुदायको प्रोत्साहनका लागि स्थानीय मास्ट दि म्यागेजिनले उक्त अवार्ड प्रदान गरेको हो ।

साउथ वेष्ट इंग्ल्याण्डस्थित सामाजिक तथा परोपकारी संघसंस्था, व्यवसाय एवम् व्यक्तित्वहरुलाई अवार्ड दिने क्रममा एसोसिएसनले सामुदायिक विधातर्फ ‘एमटिएम अवार्ड’ पाएको अध्यक्ष ज्ञान गुरुङले जनाए ।

गत शनिबार ब्रिस्टोलस्थित म्यारिएट होटेलमा आयोजित विशेष समारोहमा समाजका अध्यक्ष गुरुङसहितका पदाधिकारीले अवार्ड ग्रहण गरेका थिए ।

सो म्यागेजिनले सन् २०१२ देखि वर्षेनी ‘एमटिएम अवार्ड’ प्रदान गर्दै आएको छ । यसपटक दशौं वार्षिकोत्सवमा पनि विभिन्न विद्यामा अवार्ड वितरण गरिएको थियो ।


अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा अवार्डको ह्याट्रीक भएकामा प्रसन्नता व्यक्त गर्दै समस्त कार्यसमिति र समुदायप्रति आभार व्यक्त गरे । अवार्डले संस्थामा थप दायित्ववोध भएको पनि उनले बताए ।

अवार्ड वितरण समारोहमा बेलायतका गन्यमान्य अतिथीबाहेक जर्मनी मेयर समेत सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू