शुक्रबार, कार्तिक ९, २०८१
20:25 | ०१:१०

भीषण पहिरोपछि इटालीमा आपतकाल घोषणा

रासस–एएफपी नोभेम्बर २७, २०२२

तस्बिर सिन्हवा

कासामिसिसियोला टर्म, ११ मङ्सिर–इटालीको सरकारले इस्चियाको दक्षिणी टापुमा पहिरोमा परी कम्तीमा एक जनाको मृत्यु भएको र दर्जनौं बेपत्ता भएपछि आइतबार आपतकाल घोषणा गरेको छ।

माटो र भग्नावशेषको छालले शनिबार बिहान सबेरै देशको सानो शहर कासामिचियोला टर्मेमा एउटा घर र थुप्रै कारहरू बगाएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

नागरिक सुरक्षा मन्त्री नेलो मुसुमेसीले जनाएअनुसार आपतकालीन मन्त्रिपरिषद् बैठकको २० लाख युरो राहत कोषको घोषणा गर्दै आपतकालीन अवस्था घोषणा गरेको छ । दुई सय भन्दा बढी उद्धारकर्ताहरू अझै एक दर्जन बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा संलग्न छन् भने सयौं स्वयंसेवकहरू सडक सफा गर्न व्यस्त देखिन्छन् ।

इटालियन समाचार एजेन्सी एजीआईका अनुसार उद्धारकर्ताहरूले ३१ वर्षीया महिलाको शव फेला पारेका छन्। ४५ वर्षीय साल्भाटोर लोरिनीले पहिराले त्रासदी ल्याएको बताएकी छिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू