शुक्रबार, कार्तिक ९, २०८१
20:07 | ००:५२

विश्वकप फुटबलमा इरानसंग वेल्स पराजित   

रासस नोभेम्बर २५, २०२२

तस्विर एएफपी

काठमाडौँ । इरानले वेल्सलाई पराजित गर्दै कतारमा जारी फिफा विश्वकप फुटबलमा पहिलो जित दर्ता गराएको छ । कतारको अहमद बिन अलि स्टेडियममा आज भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित दर्ता गरेको हो ।

इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले समान एक एक गोल गरे । दुबै गोल खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा भएको थियो । खेलको ९८औँ मिनेटमा चेस्मीले गोल गर्दै इरानलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको १०१औँ मिनेटमा रामिनले गोल गर्दै इरानलाई २–० को जित दिलाए । यस्तै खेलको ८६औँ मिनेटमा वेल्स १० खेलाडीमा समेटिएको थियो ।

इरानका तारेमी मेहदीलाई पेनाल्टी क्षेत्रबाहिर फउल गरेपछि भीएआरको सहायताले रेफ्रीले वेल्सका गोलकिपर वायन हेनेसीलाई रातो कार्ड दिँदै मैदान बाहिर पठाएका थिए । यस जितसँगै इरानले दुई खेलमा तीन अङ्क जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।

पहिलो खेलमा इरान इङ्ग्ल्यान्डसँग ६–२ ले पराजित भएको थियो । वेल्सले दुई खेलमा एक अङ्क जोडेको छ । वेल्स पहिलो खेलमा अमेरिकासँग एक–एक गोलको बराबरीमा रोकिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू