शुक्रबार, कार्तिक ९, २०८१
20:32 | ०१:१७

काठमाडौं–१ मा कांग्रेसका प्रकाशमान विजयी, रविन्द्र मिश्र फेरि पराजित

नेपाली लिङ्क नोभेम्बर २१, २०२२

काठमाडौँ – काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् ।

मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।

सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरेको स्रोतले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू