शुक्रबार, कार्तिक ९, २०८१
20:20 | ०१:०५

मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

रासस नोभेम्बर २१, २०२२

मनाङ – मनाङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पराजित गरे ।

कांग्रेसका गुरुङले दुई हजार पाँच सय ७५ मत प्राप्त गरे भने एमालेका उम्मेदवार गुरुङले दुई हजार दुई सय ४७ मत प्राप्त गरे ।

कांग्रेसका केन्द्रीय सदस्य गुरुङ मनाङ कांग्रेसको पूर्व सभापति र पूर्व श्रम राज्यमन्त्री हुन् ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्या गुरुङले ५ मत प्राप्त गरेका छ भने १९ मत बदर भएको छ ।

त्यसैगरी मनाङ प्रदेशसभा १ मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित भएका छन् । प्रदेशसभा २ मा यसअघि नै स्वतन्त्र उम्मेदवार राजिव गुरुङ (दीपक मनाङे) निर्विरोध भएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू