शुक्रबार, कार्तिक ९, २०८१
20:22 | ०१:०७

जीआरएनसीले रिमेम्बरेन्स डे मनाउने

नेपाली लिङ्क नोभेम्बर १०, २०२२


लण्डन। ग्रेटर रशमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले १२ नोभेम्बर शनिबार ‘रिमेम्बरेन्स डे’ मनाउने भएको छ।

उक्त कार्यक्रम अल्डरशट प्रिन्सेस गार्डेनस्थित भिसी सालिक अगाडि गर्न लागिएको हो ।  

जीआरएनसी अध्यक्ष मान गुरुङले पहिलो र दोस्रो विश्व युद्धमा वीरगति प्राप्त गरेका पुर्खाहरुको सम्झनामा मौनधारण, पुष्पगुच्छा अर्पण, लामा र पण्डितबाट पूजा तथा पाइपरधुन सहित एपिताह पढ्ने कार्यक्रम रहेको जनाए । क्या रि. ग्यारी घले र मेजर रि. खिम गौचनले एपिताह पढ्ने छन् ।  

कार्यक्रममा रशमुर बरो काउन्सिल मेयर काउन्सिलर जोन मार्स,  अल्डरशट ब्यारेक कमान्डर र नेपाली कम्युनिटी लिडरहरु सहभागी हुने पनि अध्यक्ष गुरुङले जनाए ।  

उक्त कार्यक्रम बिहान १०. ४० सुरु भई ११. ०० बजे समापन हुने छ । 

कार्यक्रम संयोजन सल्लाहकार क्या रि. ग्यारी घले र सह  संयोजन मेजर रि. खिम गौचन र महासचिव डा. विशाल गुरुङले गरेका छन्। 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू