शुक्रबार, कार्तिक ९, २०८१
20:27 | ०१:१२

बेलायतमा आयोजित मगर गट ट्यालेन्टमा यस्तो देखियो (फोटो फिचर)

नेपाली लिङ्क नोभेम्बर ७, २०२२

लन्डन । मगर संघ यूके युथ विभागले हरेक वर्ष गर्दै आएको मगर गट ट्यालेन्टको पांचौं संस्करण सप्ताहन्त अल्डरसटस्थित दि प्यालेस रेष्टुरेण्टमा सम्पन्न भएको छ ।

मगर गट ट्यालेन्ट प्रतियोगितामा उत्कृष्ट नृत्य प्रदर्शन गरेर सुश्री स्वेक्षा तिलिजा पुन मगर वीनर बनिन् । त्यसैगरि फस्ट रनरअप सुश्री लिकोन गुरुङ र सेकेन्ड रनरअपको उपाधि क्रमशः सुश्री साक्षी मगरले पाए । विजेताहरु नगद पुरष्कारसहित ट्रफी र प्रमाणपत्रबाट सम्मानित भए ।

उक्त प्रतियोगितामा १० प्रतियोगीले भाग लिएका थिए । प्रतियोगितामा भाग लिइ आ-आफ्नो प्रस्तुति दिनेमा सुश्री रोनिश आले रेडिङ्ग, सुश्री अजिता आले टनब्रीज, सुश्री रुविना थापा प्लमस्टेड, सुश्री लिकोन गुरुङ वकिङ्ग, क्याप्टेन वीरबहादुर थापा फार्नबरो, विवेक थापा लिम्बु अल्डरसट, सुश्री आइशा थापा वेम्ब्ली, सुश्री अन्जली पुन प्लमस्टेड, सुश्री स्वेक्षा तिलिजा पुनमगर फार्नबरो थिए ।

मगर गट ट्यालेन्ट प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित लोकदोहोरी गायिका जुना श्रीस, कलाकारहरु श्रीमति कविता घर्ती मगर गुरुङ र शेखर घर्ती मगर थिए ।

कार्यक्रममा तेस्रो मगर गट ट्यालेन्ट विजेता तथा नायिका सलिना थापाले विशेष नृत्य प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा एनआरएनए यूकेका अध्यक्ष प्रेम गहामगर, नेपाल आदिवासी जनजाती महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेपाल आदिवासी जनजाती पत्रकार महासंघ यूके अध्यक्ष गोमा राना, मगर संघ यूकेका संस्थापक अध्यक्ष थर्क राना, निवर्तमान अध्यक्ष सुनिल राना, पूर्व अध्यक्ष दुत पुन, मगर संघ यूकेका ट्रष्टीहरु राजेन राना र क्याप्टेन टम धेगा मगर, मगर महिला संघ यूके निवर्तमान अध्यक्ष विष्णु श्रीस, मगर संघ यूकेका उपाध्यक्षहरु होम रोका र रुद्र थापा, मगर संघ यूके शाखा समितिका अध्यक्षहरु ऋषिराम राना, दल थापा, सोब रेघामी मगर साथै मगर संघ यूकेभरबाट विभिन्न प्रतिनिधिहरुको उपस्थिति थियो ।

मगर संघ यूके युथ विभागका अध्यक्ष अनिल थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि थिइन् मगर संघ यूके अध्यक्ष सीता पुन । कार्यक्रम दीपक थापा मैथाने मगर, यमुना आले र सरुपा थापा मगरले सञ्चालन गरेका थिए ।

उक्त कार्यक्रममा संस्थालाई विभिन्न क्षेत्रबाट योगदान दिएवापत सुनिल राना, किशोर राना, सेलिना थापा र दीपक थापा मैथाने मगरलाई विशेष सम्मान गरिएको थियो ।

तस्बिरहरु- कुशल श्रेष्ठ

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू