शुक्रबार, कार्तिक ९, २०८१
20:24 | ०१:०९

गिनी सडक दुर्घटनामा २२ को मृत्यु   

रासस-सिन्ह्वा नोभेम्बर ७, २०२२

कोनाक्री । पश्चिमी गिनीको किन्डिया क्षेत्रमा आइतबार धेरै विद्यार्थी बोकेको एउटा मिनीबस एक ट्रकसँग ठोक्किँदा कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै आठ जना घाइते भएका छन् ।

किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको संक्रमणकालीन सरकारले जानकारी दिएको छ ।

विशेष सेवाहरु शोकसन्तप्त परिवारहरूलाई सहयोग प्रदान गर्न परिचालन गरिएको छ । सरकारले किन्डिया क्षेत्रीय अस्पतालमा घाइतेहरूको उपचार गरिरहेको सरकारी प्रवक्ता ओस्मान गौअल डायलोले बताए ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू