शुक्रबार, कार्तिक ९, २०८१
20:16 | ०१:०१

काबुलमा शक्तिशाली विस्फोट, ठूलो क्षतिको आशङ्का   

रासस-सिन्ह्वा नोभेम्बर २, २०२२

फाइल तस्बिर

काबुल –अफगानिस्तानको काबुलस्थित प्रहरी जिल्ला नं ५ मा बुधबार बिहान शक्तिशाली विस्फोट भएको छ । सो विस्फोटमा परी ठूलो जनधनको क्षतिको आशङ्का गरिएको छ ।

विस्फोट निकै शक्तिशाली भएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । उनीहरुका अनुसार सो विस्फोटबाट कैयौँ मानिसको ज्यान गएको हुनसक्छ ।

स्थानीय समयानुसार बिहान ८ बजेर १० मिनेट जाँदा जिल्ला प्रहरी कार्यालय ५ स्थित सरकारी भवनअगाडी रहेको सरकारी कर्मचारीको मिनीबसलाई लक्षित गरी विष्फोट भएको बताइएको छ । प्रहरीले घटनास्थललाई घेराबन्दी गरेको छ ।

विष्फोटस्थलमा पत्रकारलगायत मानिसलाई प्रवेशमा रोक लगाएको छ ।यस घटनाको विस्तृत विवरण भने आइसकेको छैन ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू