शुक्रबार, कार्तिक ९, २०८१
20:28 | ०१:१३

३१ औं अरब लिग शिखर सम्मेलनलाई सीले दिए बधाई

रासस-सिन्ह्वा नोभेम्बर २, २०२२

बेइजिङ –चीनका राष्ट्रपति सी चिनफिङले मंगलबार अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबोनोलाई अरब लिग शिखर सम्मेलनको बधाई दिएका छन् ।

अरब लिगको ३१ औँ शिखर सम्मेलनका अवसरमा सिले बधाई सन्देश पठाएका हुन् । अरब लिगको सम्मेलन अल्जेरियाको राजधानी अल्जियर्स्मा मंगलबार साँझदेखि सुरु भएको छ ।

अरब लिगले मध्यपूर्वमा शान्ति र स्थायित्व कायम गर्दै बहुपक्षीयता र विकासोन्मुख देशहरूको साझा हितको रक्षाका लागि निरन्तर प्रयास गरिरहेको सीले बताएका छन् ।

चिनियाँ राष्ट्रपतिले अरब देशहरुबीचको ऐक्यबद्धतालाई सुदृढ गर्न अल्जेरियाको दीर्घकालीन प्रतिबद्धता, विकासशील देशहरुको वैधानिक अधिकार र हितको रक्षा गर्नको लागि सक्रिय भूमिकाको प्रशंसा गरेका छन् ।

ट्युनिसियाका राष्ट्रपति काइस साइदले अरब लिगको अध्यक्षता गरिरहेकामा मंगलबार साँझ अल्जियर्स्मा सो सम्मेलन सुरु भएपछि त्यसको अध्यक्षता अल्जेरियाका राष्ट्रपति अब्देलमाजिद तोबेनोलाई हस्तान्तरण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू