शुक्रबार, कार्तिक ९, २०८१
20:16 | ०१:०१

विश्वकै धनी एलन मस्कको स्वामित्वमा ट्वीटर

नेपाली लिङ्क अक्टोबर २८, २०२२

अमेरिकी अर्बपति व्यवसायी एलन मस्कले लामो कानुनी लडाइ र महिनौंको अनिश्चिततापछि सामाजिक सञ्जाल ट्विटर आफ्नो नियन्त्रणमा लिएका छन् ।

उक्त सामाजिक सञ्जाल कम्पनीलाई उनले ४४ अर्ब अमेरिकी डलरमा खरिद गरेका हुन् । ट्वीटर खरिद प्रक्रियामा सहमति भएसंगे विश्वकै धनी एलन मस्कले आफ्नो ट्वीटरमा यसको घोषणा गरेका छन् । मस्कले ट्वीटरमा लेखेका छन् – बर्ड इज फ्री (चरो स्वतन्त्र भयो) ।

एलन मस्कले प्रमुख कार्यकारी अधिकृत पराग अग्रवालसहित अन्य दुई जना वरिष्ठ व्यवस्थापकलाई जिम्मेवारीबाट समेत हटाएका छन् ।

गत अप्रिलमा उनले उक्त कम्पनी खरिदसम्बन्धी सम्झौता गरेका थिए । सम्झौतापछि उनी पुनः पछि हटेका थिए तर यसै महिनाको प्रारम्भमा फेरि कम्पनी किन्ने अभिरूची देखाएका थिए ।

कम्पनी र उनीबीचको कानुनी लडाइँलाई टुङ्ग्याउन डेलावेयरका न्यायाधीशले शुक्रबारसम्ममा सम्झौतालाई अन्तिम रूप दिन आदेश दिएका थिए ।

मस्कले कम्पनीको बोलपत्र तयार गर्नुअघि गत अप्रिलमा पराग अग्रवालसँग उनको झगडा भएको थियो । मस्कले कम्पनीलाई अब कसरी नेतृत्व गर्छन् भन्नेमा सबैको चासो बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू