बुधबार, पुष १०, २०८१
01:25
|
०७:१०
पोखरा ‘नेपाल–यूके फाउन्डेसन’ बाट थप सय परिवारलाई राहत
नेपाली लिङ्क
जुन १४, २०२०
लन्डन । पोखरा ‘नेपाल–यूके फाउन्डेसन’ ले विपन्न १ सय परिवारलाई राहत वितरण गरेको छ ।
‘हेल्पिङ ह्याण्ड्स पोखरा’ नामक संस्थामार्फत पोखरा र आसपासका बगर, लामाचौर, दीप, अर्चलबोट, नयाँबजार, कसेरी सुकुम्बासी सिम्पानी, नयाँगल्लीलगायतका स्थानमा विपन्न परिवारलाई फाउन्डेसनले राहत वितरण गरेको हो ।
फाउन्डेसनको तर्फबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले खाद्यान्न वितरणका लागि आर्थिक रकम फिल्मकर्मी प्रकाश गुरुङमार्फत पठाएको हेल्पिङ ह्याण्ड्स प्रतिनिधि सुनिल गुरुङले जानकारी दिए ।
विपद्को बेलामा समस्यामा परेका समुदायलाई सहयोग गरिएको फाउन्डेसनले जनाएको छ ।
यसअघि फाउन्डेसनले जक्सन डटकम, चलचित्र पत्रकार संघ नेपाल कास्की, पोखरा सांगीतिक कलाकार संघ, मेरो साथी टिभी र गायक भाइ गुरुङमार्फत ५ सय ६० परिवारका करिब दुई हजार ६ सय जनालाई खाद्यान्न वितरण गरिसकेको जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ