शुक्रबार, कार्तिक ९, २०८१
20:20 | ०१:०५

बेलायती राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ छापिँदै

रासस/एपी अक्टोबर २७, २०२२

हयारी मेगन फाइल तस्बिर- एएफपी

न्यूयोर्क, १० कात्तिक–राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ ।

पेन्गुइन रयान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि, आत्म–परीक्षण, असीमित शक्ति, विजय–पराजय, दुःख, प्रेमगायत विषय समेटिने छन् ।

प्रकाशनगृह पेन्गुइन ¥यान्डम हाउसले आज एक वक्तव्य जारी गरेर पुस्तक प्रकाशनको जानकारी दिएको हो । सन् १९९७ मा आफ्नी आमा डायनको अकल्पनीय मृत्यु, आमा र भाइ विलियमसँगका सम्झना पुस्तकमा पढ्न पाइनेछ ।

उक्त प्रकाशनगृहले राजकुमार ह्यारीलाई एक पति, पिता, मानवीयकर्मी, सैन्य दिग्गज, मानसिक स्वास्थ्य अभियन्ता एवम् वातावरणविद्का रूपमा परिचय गराएको छ ।

चार सय १६ पृष्ठको उक्त पुस्तक डच एवम् पोर्चुगितलगायत १६ भाषामा छापिने छ । पुस्तक बिक्रीबाट प्राप्त हुने रकम बेलाइतका परोपकारी संस्थाहरूलाई दान गरिनेछ ।

लेखक ह्यारीले लेसोथो र बोत्सवानामा एचआईभी-एड्सबाट प्रभावित बालबालिका र युवाहरूलाई मद्दत गर्न लेसोथोका राजकुमार सेइसोसँग मिलेर स्थापना गरेको संस्था सेन्टेबालेलाई १५ लाख अमेरिकी डलर दिएका छन् ।

अमेरिकामा जन्मेकी श्रीमती मेघनसँग विवाह गरेकाससेक्सका ड्यूकले सन् २०२० मा आफ्नो शाही कर्तव्यबाट बिदा लिएर अमेरिका सरेका थिए ।

बेलायतको राजपरिबारबाट आफूलाई आर्थिक सहयोग नभएको तथा आफ्नी आमाले छाडेको रकमबाट गुजारा गरिरहेको गत वर्ष एउटा रेडियो अन्तर्वार्तामा उनले बताएका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू