शुक्रबार, कार्तिक ९, २०८१
20:26 | ०१:११

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

रासस अक्टोबर २६, २०२२

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय । तस्वीर- प्रदीपराज वन्त, रासस

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ ।

निर्वाचन प्रयोजनका लागि दलले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोले जनाएको छ । समानुपातिकतर्फको बन्दसूचीको विस्तृत विवरण आयोगको वेबसाइटमा राखिएको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ लागि दुई हजार एक सय ९९ जना उम्मेदवार छन् । प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन् ।

सो समानुपातिकतर्फ दलले पेश गरेको बन्दसूचीमा नाम समावेश भएकामध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका पाँच सय ५० जनाको नाम सूचीबाट हटाइएको आयोगले जनाएको छ ।

समानुपातिक प्रणालीतर्फ लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा गरी छ हजार चार सय ५७ उम्मेदवार थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू