शुक्रबार, कार्तिक ९, २०८१
20:16 | ०१:०१

पाकिस्तानी पत्रकार हत्याको छानबिन गर्न माग   

रासस-एएनआई अक्टोबर २६, २०२२

इस्लामावाद –संयुक्त राष्ट्रसंघले पाकिस्तानी पत्रकार अरशद शरीफको हालैको मृत्युप्रति दुःख व्यक्त गर्दै केन्याका अधिकारीहरुसँग घटनाको गहन छानबिन गर्न माग गरेको दैनिक समाचारपत्र डनले छापेको छ ।

केन्यामा सोमबार भएको गोलीकाण्डमा पत्रकार सरिफको मृत्यु भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले शरीफका परिवारका सदस्य र उनका प्रियजन र उनलाई चिन्ने सबैप्रति समवेदना व्यक्त गरेका द नेशन दैनिकले जनाएको छ । उनले पत्रकारको संरक्षण र अभिव्यक्ति स्वतन्त्रताको अधिकारबारे चर्चा गर्दै अरशदको कामको तारिफ गरेका छन् । उनले पनि केन्या सरकारसँग घटनाको पूर्ण छानबिन गर्न माग गरेका छन् ।

गत सोमबार अर्शदकी श्रीमती जावेरिया सिद्दिकीले आफ्ना श्रीमानको केन्यामा गोली लागेर मृत्यु भएको जानकारी दिएकी थिइन् । केन्यामा गोली हानेर मारिएका वरिष्ठ पाकिस्तानी पत्रकार शरीफको निधनप्रति पाकिस्तानभरका पत्रकार र धेरै राजनीतिज्ञले शोक व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शहबाज शरीफले पनि दिवंगत पत्रकारकी आमासँग फोनमा कुरा गर्दै परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू