शुक्रबार, कार्तिक ९, २०८१
20:16 | ०१:०१

सोमालियाको एक होटलमा आत्मघाती बम हमला   

रासस/सिन्ह्वा अक्टोबर २४, २०२२

मोगादिसु । दक्षिणी सोमालियाको एक प्रसिद्ध होटलमा आत्मघाती बम हमला भएको छ । हमलामा भएको क्षतिको विववरण भने आएको छैन । आइतबार राति एक अज्ञात व्यक्तिले आत्मघाती बम हमला गरेका बताइएको छ ।

दक्षिणी सोमालियाली सहर किस्माओ प्रहरी उपप्रमुख मोहम्मद नासीले यहाँको उक्त प्रसिद्ध होटललाई लक्ष्य गरेर आत्मघाती हमला भएको जानकारी दिएका छन् । उनले भनेका छन्– यहाँको तावाकाल होटललाई लक्ष्य गरेर आत्मघातीहरुले बम आक्रमण गरेका छन् ।

रातिको समय पारेर होटलमा भएको सो आक्रमणको क्षतिको अनुसन्धान भइरहेको छ । रातिको समयमा आएका आत्मघाती बम हमलाकारीहरुले एक सवारी साधानमा ल्याएको विस्फोटक पदार्थ विस्फोट गराएका थिए ।

सो विस्फोटक पदार्थ विस्फोट भएपछि होटलमा त्रास फैलिएको र प्रहरीले शान्त रहन आग्रह गरेको थियो । आत्मघातीहरुले बम विस्फोट गराएपछि प्रहरी र उनीहरुका बीचमा होटलभित्रै भिडन्त पनि भएको बताइएको छ । यहाँ सो आक्रमणबाट केकति हताहत भएका छन् भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले होटललाई घेरा हालेर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू