शुक्रबार, कार्तिक ९, २०८१
20:29 | ०१:१४

बेलायतको प्लेमाउथमा दशैं तिहार विशेष कार्यक्रम

नेपाली लिङ्क अक्टोबर २२, २०२२

लन्डन । साउथवेष्ट नेपाली समाज यूकेले दशैं तिहार विशेष शुभकामना सांझ आयोजना गरेको छ ।

गत १७ अक्टोबर सोमबार प्लेमाउथ ओल्ड लैरास्थित रेलवे क्लबमा कार्यक्रम भएको हो ।

करिब दुई सय सहभागी उक्त कार्यक्रममा समाजका सल्लाहकार डा. भरत श्रेष्ठ र कार्यवाहक अध्यक्ष किसान जिसीले दशैं तिहार शुभकामना दिएका थिए ।

विदेशी भूमिलाई कर्मथलो बनाए पनि आफ्नो मौलिकता, कला संस्कृति, इतिहास र परम्परालाई जीवन्त राख्नु पर्छ भन्ने मान्यता अनुरुप कार्यक्रम गरिएको कार्यवाहक अध्यक्ष किसान जिसीले बताए ।

जिसीले दशैं तिहार विशेष कार्यक्रममा राफल ड्रका लागि आर्थिक सहयोग गर्ने दाताहरु, खाना ब्यवस्थापक, डिजे हेम विष्ट तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी र कार्यसमितिप्रति कृतज्ञता समेत व्यक्त गरे ।

संस्थाका अध्यक्ष दिपक ढकाल अहिले नेपाल भएकाले वरिष्ठ उपाध्यक्ष जिसीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

कार्यक्रममा स-साना नानीबाबुहरुले नेपाली कलासंस्कृति झल्काउने नृत्य प्रस्तुत गर्दा सहभागीले गौरवान्वित महशुस गरेका थिए ।

समाजले बेलायतमै जन्मे हुर्किएका बालबालिकालाई नेपाली कला संस्कृतिबारे अवगत गराउन पनि उनीहरुलाई स्टेजमा उतारेको कार्यवाहक अध्यक्ष जिसीले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू