पाकिस्तानका पूर्व क्रिकेट कप्तान अफ्रिदीलाई कोभिड सङ्क्रमण
करांची, जेठ ३१- विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्व क्रिकेट कप्तान शाहिद अफ्रिदी सङ्क्रमित भएको शनिबार उनले बताएका छन् ।
क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५–वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
उनले भने, ‘म गत बिहीबारदेखि अस्वस्थ बनेको छ । मेरो शरिरमा असह्य पीडा भएपछि स्वास्थ्य परीक्षण भएको छ । दुःखको कुरा मलार्ई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।’
उनले थपे, ‘सबैको प्रार्थना मेरो स्वास्थ्य सुधारका लागि भगवानको आशिर्वाद बन्नेछ ।’
सन् १९९६ देखि २०१८ सम्म राम्रो लय प्रदर्शन गर्दै पाकिस्तानका लागि विभिन्न खेलमा इतिहास रच्च सफल उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेकर्डहरू अझै पनि कायम छन् ।
अफ्रिदीले कोरोना भाइरसबाट प्रभावित पाकिस्तानी नागरिकका लागि वस्तीवस्तीमा पुगी सहयोग गर्दै आएका थिए ।
गतहप्ता उनले एएफपीसंग कुरा गर्दै भनेका थिए, ‘म पाकिस्तानी जनतालाई सहयोग गर्न पाउंदा खुशी छु । मैले सहयोगका लागि समुदायमा जांदा मास्क लगाउने र निसङ्क्रमित हुने आवश्यक सबै सावधानीलाई अपनाउने गरेको छु । यतिवेला विश्व मानवीय सहयोगका लागि कठिन अवस्था छ ।’
अफ्रिदीको स्वास्थ्य सुधारको कामना गर्दै प्रार्थनासहितका शुभकामना सामाजिक सञ्जालमा उच्च महत्वका साथ सम्प्रेषण भएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५