सोमबार, पुष २९, २०८१
14:30 | २०:१५

बेलायतको राजनीतिक हलचल, निराश परिवेश

रासस/एएफपी अक्टोबर २१, २०२२

लण्डन, ४ कात्तिक–आर्थिक संकट समाधान गर्न आफूलाई ‘अवरोधक’ बनाउने कसम खाएकी बेलायतकी प्रधानमन्त्री लिज ट्रसले करिब सबै पूराना निर्णयबाट यू–टर्न गरिन् । उनले पदबाट बहिर्गमनको घोषणा गरेपनि आफ्नै मन्त्रीको कमजोर अर्थनीतिका कारण थप जटिल बन्दै गएको मुद्रा स्फीतिको मार्गलाई अवरोध गरी एउटा प्रतिज्ञा पुरा गरिन् ।

प्रधानमन्त्रीको छोटो कार्यकाल सात दिनको अवधिमा चरमोत्कर्षमा पुगेको थियो जुन सन् २०१६ देखि बेलायतले देखेको जस्तो विध्वंसकारी थियो, जब युरोपेली संघबाट बाहिरिने देशको निर्णयले राजनीतिको सामान्य नियमलाई उल्ट्याएको थियो ।

“यो ’लभ आइल्याण्ड’ होइन, यो बेलायतको शासन व्यवस्था हो,” कन्जरभेटिभ्स पार्टीका प्रमुख इतिहासकार टिम बेलले ट्वीट गर्दै भनेका छन् ।

यूरोपेली संघ (ईयूबाट) बाट बेलायतको बहिर्गमन ‘ब्रेक्जिट’ ले कन्जरभेटिभ पार्टीलाई अस्थिर बनाएको छ र यसले कुनै पनि सरकारलाई समस्या पनि दिएको छ किनभने यसले व्यापार र वृद्धिमा कमी ल्याएको छ,” बेलले भने ।

यसको मतलब उनीहरूले २०१९ मा गरेका वाचाहरू पूरा गर्न धेरै कम पैसा छ । मलाई लाग्दैन कि कसैले जादुको छडी हल्लाएर बेलायतको आर्थिक समस्या समाधान गर्न सक्छ ।

उनले पूर्व अर्थमन्त्रीलाई संकेत गर्दै भने, “तर यदि तपाईं बौद्धिक र सञ्चारको हिसाबले सक्षम व्यक्तिलाई छान्नुहुन्छ भने तपाईंले ऋषि सुनकलाई शीर्ष उम्मेदवारको रूपमा विचार गर्नुपर्दछ, उहाँको चेतावनी ट्रसको आघात र विस्मयकारी कार्यक्रमको बारेमा विस्तृत रूपमा वर्णन गरिएको भाषामा आएको छ ।”

ट्रसको गलत कदमले बेलायतलाई ग्रीस वा इटालीको तुलनामा अन्तर्राष्ट्रिय ऋणपत्र बजारका लागि बढी खतरनाक सम्भावना बनाएपछि मित्रराष्ट्रहरूले दयाको दृष्टिले मात्र हेर्न सक्थे ।
बजारको निर्णयले लाखौं बेलायतीहरूका लागि उधारो लागत बढायो जसका कारण उनीहरूले पुस्तौंदेखिको सबैभन्दा खराब जीवनयापनको संकट सामना गरिरहेका छन् । यसमा केही विद्वानहरूले ब्रेक्जिटपछि कन्जरभेटिभ शासनमा रहेको बेलायतको कमजोरी भनेका छन् ।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोंको कामना छ, ‘बेलायतले चाँडै राजनीतिक स्थिरता हासिल गरोस् । यो महत्वपूर्ण छ र म यही चाहन्छु ।’

केही हप्ताअघि ट्रसले उनलाई बेलायतको ‘साथी’ भन्न अस्वीकार गरेकी थिइन् ।

सन् १८२७ मा जर्ज क्यानिङको भन्दा पनि छोटो समयावधिका लागि मात्र ट्रसको प्रधानमन्त्रीको कार्यकाल रेकर्ड कायम भएको छ ।

सन् २०१६ पछि बेलायती संसद्मा भएको ब्रेक्जिटको बहस, टेरेजा मेको पीडादायी प्रधानमन्त्रीकाल र बोरिस जोन्सनको डाउनिङ स्ट्रिटमा तीन वर्ष बिताएपछि देशको अवस्था कस्तो भएको थियो भन्ने कुराले टिप्पणीकारहरूलाई झस्काएको थियो ।

तर, केवल ४५ दिनमा ट्रसले बेलायतको प्रतिष्ठा र उनको आफ्नै टोरी पार्टीको प्रतिष्ठालाई समेत प्रश्नचिन्ह खडा गरेकी छन् ।

उनकै दलका धेरै सांसदहरू सरकारको कामबाट निराश भएका समय बुधबार अबेर राति भएको संसदीय मतदानमा उनको नेतृत्वलाई कमजोर बनाइदिएको थियो ।

गत शुक्रबार ट्रसले आफ्ना अर्थमन्त्री क्वासी क्वार्टेङलाई बर्खास्त गरेसँगै ट्रसको बर्हिगमनको मार्ग निर्धारण गर्ने सात दिनको सुरुवात भएको थियो । यद्यपि उनले अर्थमन्त्रीलाई आफ्नो राजनीतिक सबैभन्दा राम्रो साथी र ‘वैचारिक आत्मासाथी’ को रूपमा वर्णन गरेकी थिइन् ।

त्यसपछि उनले गरेको पत्रकार सम्मेलनमा जब प्रश्नहरूले उनलाई आत्तिएको अवस्थामा बोलेको ‘वास्तविक’ कुनै पनि कुराको रूपमा धेरै कभरेज पायो । सप्ताहान्तमा क्वार्टेङका उत्तराधिकारी जेरेमी हन्टले ट्रसको हार्ड चार्जिङ आर्थिक कार्यक्रम खारेज गरे ।

हाउस अफ कमन्समा क्वार्टेङबारे लेबरले सोधेको प्रश्नलाई ट्रसले बेवास्ता गरेपछि सोमबार स्थिति अझ खराब साबित भयो । कुनै नेताले मन्त्रीमार्फत् आफू ‘डेस्कमुनि लुकेको छैन’ भनेर घोषणा गर्नु कदापि राम्रो कुरा होइन ।

मंगलबारसम्म जब ट्रसले तनावपूर्ण मन्त्रीपरिषद् बैठक बोलाइन् । मतदानको एक ताजा चरणले पत्ता लगायो कि सुनकविरूद्ध उनलाई समर्थन गर्ने टोरी सदस्यहरू पनि ट्रसबाट निराश बनिसकेका थिए ।

बुधबार ट्रसले हाउस अफ कमन्ससँग कुरा गर्दै आफू लडाकु तर भगुवा नभएको बताएकी थिइन् ।

टोरीको पछिल्ला बेन्चमा रहेका निराश अनुहारहरूले लडाईंका लागि कुनै चाहना देखाएनन् । त्यसको केही घण्टापछि गृहमन्त्री सुएला ब्रेभरम्यानले पदबाट राजीनामा दिइन् र ट्रसको नेतृत्वको असफलतामाथि कडा प्रहार गरिन् ।

अन्तमा, ट्रसका सांसदहरूले निर्णय गरे कि उनीहरूले केही महिनाभित्रै सर्वेक्षण रेटिंगहरू पतनको पीडा सहनुको सट्टा दोस्रो नेतृत्वको निर्वाचनको लज्जा सामना गर्नु उचित माने ।

प्राध्यापक बेलका लागि अब टोरीहरूका लागि जोनसनको आवेश र भ्रमपूर्ण परिस्थिति र ट्रसको ‘जोस’ पछि निराश क्षमताका लागि छनौटको विकल्प दिएको छ ।

डेली स्टार पत्रिकाले हरियो तरकारी वा ट्रसको कार्यकाल पहिले समाप्त हुन्छ भन्ने विचार प्रदायक आलेख प्रकाशित भई भाइरल बनेपछि धेरै टिप्पणीकारहरू निराश बनेका छन् ।

पत्रकार जेन मेरिकले ट्वीट गर्दै लेखेका छन्, ‘जब ‘सागको आयुले प्रधानमन्त्रीलाई उछिन्छ’, हामी साँच्चिकै अन्तिम दिनहरूमा आइपुगेका छौं यो प्रस्ट हुन्छ ।’

शुक्रबारसम्म आउँदा प्रधानमन्त्रीमा पुनः बोरिस जोनसनलाई सरकारको नेतृत्व दिनुपर्ने आवाजहरू पनि सुनिन थालेका छन् । तर उनलाई निर्विकल्प मान्न उनको टोरी समूहका केही नेताले नै तत्काल आवगमन अस्वीकार गरेका छन् । तर संकटग्रस्त अर्थतन्त्र सम्हाल्न एक साहसी र दूर दृष्टि भएको नेताको आवश्यकता रहने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू