शुक्रबार, कार्तिक ९, २०८१
20:17 | ०१:०२

चाल्टर्नमा दशैं तिहार शुभकामना सांझ

नेपाली लिङ्क अक्टोबर २१, २०२२

लन्डन । चाल्टर्न नेपाली समाज यूकेले गत १६ अक्टोबर आइतबार दशैं तिहार शुभकामना सांझ आयोजना गरेको छ ।

मेरिडियन स्पोर्टस् एण्ड सोसल क्लवमा रोयल बरो अफ ग्रीनवीच मेयर काउन्सिलर लियो फ्लेचरको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा मेयरेस पनि सहभागी थिइन् ।

सम्बोधनका क्रममा प्रमुख अतिथी मेयर फ्लेचरले ब्रिटिश समाजमा नेपाली समुदायको योगदानप्रति आभार व्यक्त गर्दै शुभकामना दिए । उनले नेपाल संस्कृतिमा धनी भएको चर्चा पनि गरे ।

महासचिव टिएन रिजालले सञ्चालन गरेको औपचारिक कार्यक्रममा ग्रीनवीच बरो काउन्सिलर जीत रानाभाटले नेपाली कला, संस्कृति एवं चाड पर्व निरन्तर मनाएर समाजले यसको संरक्षण तथा प्रवर्धनमा प्रशंसनीय कार्य गरेको बताए ।

समाजका कार्यवहाक अध्यक्ष प्रकाशराज कंडेलले सहभागी र सहयोगी सबैप्रति आभार व्यक्त गर्दै दशैं तिहार शुभकामना दिएका थिए ।

समाजले प्रमुख अतिथी लगायत अतिथीहरु र नेपालका लोकप्रिय गजल गायक राज सिग्देललाई टोपी र खादाले सम्मान गरेको थियो ।

कार्यक्रममा धनबहादुर लामाले स्वागत मन्तव्य दिएका थिए ।

सो अवसरमा डिजे हेम विष्टको संगीतमा गायक राज सिग्देलले आफ्नो दर्जनौं नयां पुराना सुमधुर गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारेका थिए ।


कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष कृष्ण खरेल, पूर्व अध्यक्षहरु रोमनाथ पाण्डे र टंक कंडेल, पशुपति मन्दिरका अध्यक्ष दासुराम पाण्डे, मन्दिरका निवर्तमान अध्यक्ष नरेन्द्र कंडेल, वुद्ध फाउण्डेशन यूके अध्यक्ष दीपक श्रेष्ठ, तमुधिं साउथ इष्ट रिजनल अध्यक्ष ह्यारी गुरुङ, कंडेल ग्रुप अफ कम्पनीजका निर्देशक व्यवसायी राजन कंडेल, पासा पुच गुथि यूके साउथ इष्ट अध्यक्ष माधवलाल श्रेष्ठ, पत्रकार फडिन्द्र भट्राई लगायतको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू