शुक्रबार, कार्तिक ९, २०८१
20:19 | ०१:०४

बेलायती प्रधानमन्त्रीले ४५ दिनमै दिइन् राजीनामा

नेपाली लिङ्क अक्टोबर २०, २०२२

लिज ट्रस

लण्डन- बेलायती प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छन् । जटिल राजनीतिक तथा आर्थिक संकटबीच लिजले बिहीबार राजीनामा दिएकी हुन् ।

४५ दिनअघि प्रधानमन्त्रीमा नियुक्त भएकी ट्रसले घोषणा गरेअनुसार काम गर्न नसकिएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको थियो । केही दिन यता उनलाई आफ्नै मन्त्रिमण्डलका सदस्य तथा पार्टीका नेताहरुले राजीनामा दिन दबाब दिइरहेका थिए । 

नयाँ प्रधानमन्त्री चयनका लागि कन्जर्भेटिभ पार्टीभित्र नै चुनाव हुने छ । अर्को प्रधानमन्त्री चयन नभएसम्मका लागि लिज नै प्रधानमन्त्री रहने छिन् ।

बेलायतको इतिहासमा उनी सबैभन्दा थोरै समय प्रधानमन्त्रीको पदमा बसेर बाहिरिएकी छिन् । यसअघि सन् १८२७ मा सबैभन्दा थोरै समय ११९ दिनका लागि जर्ज क्यानिङ प्रधानमन्त्री रहेका थिए ।

गृहमन्त्री सुएला ब्रेवरम्यानले बुधबारमात्र राजीनामा दिएकी थिइन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू