नवौँ राष्ट्रिय खेलकुद: दुई सय ४८ पदकसहित आर्मी शीर्ष स्थानमा



तनहुँको व्यास नगरपालिका १ निर्मलमा बुधबार सम्पन्न महिला बास्केटबल प्रतियोगिताको उपाधि विजेता त्रिभुवन आर्मी क्लवका खेलाडी पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा । फाइनलमा बागमती प्रदेशलाई पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
तस्वीर- कृष्ण न्यौपाने, रासस
कास्की । गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ ।
हालसम्म नौ सय १६ पदकको छिनोफानो हुँदा आर्मीले एक सय १४ स्वर्ण, ७६ रजत र ५८ कांस्यपदकसहित कूल दुई सय ४८ पदक हात पारिसकेको छ ।
दोस्रो स्थानमा विभागीय टिम नेपाल पुलिस क्लब छ । पुलिसले ४५ स्वर्ण, ४१ रजत र ४९ कांस्यपदकसहित एक सय ३५ पदक जितेको छ ।
अर्को विभागीय टिम एपिएफले ३७ स्वर्ण, ४३ रजत र ६६ कांस्यपदकसहित कूल एक सय ४६ पदक हात परेको छ । यसैगरी गण्डकी प्रदेशले २४ स्वर्ण, २३ रजत र ३९ कांस्य पदकसहित ८६ पदक जित्दा बागमती प्रदेशले १९ स्वर्ण, ३३ रजत र ४३ कांस्यसहित कूल ९५ पदक आफ्नो पोल्टामा पारेको छ ।
यता एनआरएनएले १० स्वर्ण, सात रजत छ कांस्यसहित २३ पदक, सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत, २४ कांस्यसहित ३६ पदक, प्रदेश १ ले पाँच स्वर्ण २० रजत र ३४ कांस्यसहित ५९ पदक, मधेस प्रदेशले पाँच स्वर्ण, सात रजत र २० कांस्य पदकसहित ३२ पदक जितेका छन् ।
लुम्बिनी प्रदेशले तीन स्वर्ण, १५ रजत र २६ कांस्यसहित ४४ र कर्णाली प्रदेशले एक स्वर्ण, दुई रजत, नौ कांस्य पदकसहित १२ पदक हात पारेको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गतका खेल जारी रहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५