बुधबार, कार्तिक ७, २०८१
10:31 | १५:१६

युक्रेनले विस्फोट गराएको क्राइमिया पुल जुलाई २०२३ सम्म मर्मत 
गर्न आदेश

रासस/एएफपी अक्टोबर १४, २०२२

तस्विर एएफपी

मस्को,२८ असोज–रुसी सरकारले रुसको मुख्य भूमिलाई संलग्न प्रायद्वीपसँग जोड्ने मस्कोको एक मात्र पुल विस्फोटबाट क्षतिग्रस्त भएपछि क्राइमिया पुलको मर्मत जुलाई २०२३ सम्ममा सम्पन्न गर्न आदेश दिएको छ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री मिखाइल मिशुस्टिनले हस्ताक्षर गरेको आदेशमा ‘क्राइमियन पुलको यातायात र इन्जिनियरिङ पूर्वाधारको ध्वस्त तत्वहरूको डिजाइन र पुर्नस्थापना’ को जिम्मेवारी दिइएको कम्पनीलाई जुलाई १, २०२३ सम्ममा काम सम्पन्न गर्न आदेश दिएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुस-क्राइमिया जोडिने पुलमा हमला गरेको आरोप लगाउँदै त्यसलाई ‘आतङ्कवादी कार्य’ बताएका थिए।

बीबीसीका अनुसार, उक्त पुल युरोपकै सबैभन्दा लामो हो जसको लम्बाई १९ किलोमिटर छ। युक्रेनमा लडिरहेका रुसी फौजहरूलाई सामान पठाउने त्यो एउटा महत्त्वपूर्ण बाटो समेत हो।

रुसबाट दक्षिणी युक्रेनका युद्ध मैदानमा सैन्य उपकरण, गोलीगठ्ठा र सैनिकहरू पठाउन मस्कोले उक्त पुलको प्रयोग गर्ने गरेको छ।

रुसले क्राइमियालाई आफ्नोमा गाभेको चार वर्षपछि सन् २०१८ मा पुटिनले उक्त पुलको उद्घाटन गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू