बुधबार, कार्तिक ७, २०८१
10:36 | १५:२१

सोमालियामा भएको कारबाहीमा ५० लडाकुको मृत्यु

नेपाली लिङ्क अक्टोबर १३, २०२२

मोगादिसु । सोमालियामा यहाँको सुरक्षा फौजले गरेको कारबाहीमा परी अल सेबाबका कम्तीमा पनि ५० जना लडाका मारिएका छन् ।

सोमालियाको आतंकारी समूह अल सेबाबका विरुद्ध बुधबार गरेको कारबाहीका क्रममा ती लडाका मारिएका सेनाका एकजना अधिकारीले जनाएका छन् ।

मध्य सोमालियाको यासुमा गाउँमा सो आतंककारी समूह अल सेबाबका विरुद्ध सेनाले गरेको कारबाहीका क्रममा ती लडाका मारिएका हुन् ।

सो कारबाहीका क्रममा तीन जना सेना पनि मारिएका सोमालियाली सेनाका उपप्रमुख ओदोवा युसुफले सो जानकारी दिए ।

उपप्रमुख युसुफले भने ‘‘हाम्रो सैन्य समूहले गरेको कारबाहीमा अल सेबाब आतंककारी समूहका ५० जना लडाकाको ज्यान गएको छ । त्यस क्रममा तीन जना सेनाको पनि ज्यान गएको छ ।’’

सोमालियाली सेनाले सो क्षेत्रमा अल सेबाबका विरुद्ध कारबाही जारी राख्ने जनाएको छ ।

सेनाका अनुसार सो क्षेत्रमा यहाँका स्थानीय सुरक्षा समूहको सहयोगमा सेनाले केही महिना यतादेखि अल सेबाबविरुद्ध कारबाही थालेको हो ।

सो कारबाही आगामी दिनमा पनि जारी रहने सेनाले जनाएको छ । सोमालियामा पछिल्ला केही महियायता आतंककारी समूह अल सेबाबले सेना र प्रहरीका विरुद्ध आक्रमण गरी हत्या गर्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू