नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुग्यो
वीरगञ्ज । नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । बिहीबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जनाको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।
बिहीबार वीरगञ्जको घण्टाघरछेऊ मृत अवस्थामा फेला परेका अन्दाजी २५ वर्षका पुरुष र वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारकोक्रममा शुक्रबार मृत्यु भएका बारा जिल्लाका ५ वर्षीय बालकको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
योसंगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
वीरगञ्जको घण्टाघर अगाडि खाली रहेको जग्गाको पार्किङ स्थलमा विहीबार फेला परेको अन्दाजी २५ वर्षीय बेवारिसे शवबाट विहीबार नै स्वाब संकलन गरि परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।
परीक्षणपछि शुक्रबार राती १० बजे उक्त शवमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर अस्पतालमा बारा निजगढका ५ वर्षीय बालकलाई निमोनियाको समस्या देखिएपछि उपचार सुरु गरिएको थियो ।
उपचारको क्रममा ती बालकको शुक्रबार मृत्यु भएपछि स्वाब संकलन गरी पिसिआर परीक्षण गर्दा शनिबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५