बेलायती महारानीको स्वास्थ्य स्थिति नाजुक, स्कटल्याण्डमा जमघट हुँदै राजपरिवार सदस्यहरु
लन्डन। बेलायती महारानी एलिजावेथ द्वीतीयाको स्वास्थ्य स्थिति नाजुक बनेको छ।
हाल स्कटल्याण्डको बाल्मोरल प्यालेसमा रहेकी ९६ वर्षीया महारानीलाई यतिबेला चिकित्सकीय निगरानीमा राखिएको बकिङहम प्यालेसले जनाएको छ।
महारानीको स्वास्थ्य अवस्था बिग्रिएपछि छोरा प्रिन्स चार्ल्स, बुहारी क्यामिला, छोरी आन, नाती प्रिन्स विलियमसहितका राजपरिवारका कयौं सदस्यहरु स्कटल्याण्ड पुगेका छन्। प्रिन्स ह्यारी र उनकी पत्नी मेगन पनि स्कटल्याण्ड जाँदै गरेको उल्लेख गरिएको छ।
बिहीबार बकिङहम प्यालेसले जारी गरेको वक्तव्यमा महारानीको स्वास्थ्यप्रति चिकित्सकहरुले चासो व्यक्त गरेको र चिकित्सकीय निगरानीमा राख्न सल्लाह दिइएको जनाएको छ। तर, महारानी अहिले ‘सहज अवस्था’ मा रहेको पनि जनाइएको छ।
महारानीको स्वास्थ्यबारे यसअघि सधैँ गोप्य राखिने परम्परा रहेपनि यसपटक दरबारबाटै आधिकारिक वक्तव्यमार्फत् जानकारी सार्वजनिक गरिएको छ।
महारानीले दुई दिनअघि मात्रै नयाँ प्रधानमन्त्री लिज ट्रसलाई भेटेर नियुक्ति दिएकी थिइन्।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५