बुधबार, माघ २, २०८१
06:14 | ११:५९

बोरिस जोन्सन बाहिरिंदा जयजयकार र ताली

रासस/एएफपी सेप्टेम्बर ६, २०२२

बोरिस जोन्सन

लन्डन, २१ भदौ–बेलायतका निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार आफ्नो उत्तराधिकारी लिज ट्रसलाई समर्थनको वाचा गरेका छन् । उनले बेलायती प्रधानमन्त्रीको रुपमा डाउनिङ स्ट्रिट छोडेर राजीनामा दिएका छन् ।

जोनसनको कार्यकालमा ब्रेक्सिट र कोभिडको प्रभुत्व रहेको थियो । रानी एलिजाबेथ द्वितीयालाई भेटवार्ता गर्न जांदै गर्दा जोनसनलाई उनका समर्थकहरुले जयजयकार र ताली बजाएर विदाई गरेका थिए ।

उनले ‘म लिज ट्रस र नयाँ सरकारलाई हरेक पाइलामा समर्थन गर्नेछु’ भन्ने प्रतिज्ञा गरेका छन् । उनले आफ्नो सत्तारुढ कन्जरभेटिभ पार्टीलाई उर्जा संकट समाधान गर्नका लागि आफ्नो मतभेद पन्छाउन पनि आग्रह गरेका छन् । उर्जा संकट ट्रसको निकट भविष्यमा हावी हुने देखिन्छ ।

“यदि डिलिन (उनको कुकुर) र ल्यारी (डाउनिङ स्ट्रिट बिरालो) ले उनीहरूको सामयिक कठिनाइहरू पछाडि राख्न सक्छ भने कन्जरभेटिभ पार्टीले पनि सक्छ,“ उनले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू