मंगलबार, मंसिर ११, २०८१
09:40 | १५:२५

उत्तर प्रदेश भाजपा विधायक अरविन्दको हृदयघातका कारण मृत्यु   

रासस-एएनआई सेप्टेम्बर ६, २०२२

लखनऊ–उत्तर प्रदेश राज्यको लखिमपुर खेरी जिल्लाको गोला गोक्रनाथ विधानसभा क्षेत्रबाट पाँच पटक विधायक रहेका भारतीय जनता पार्टीका नेता अरविन्द गिरिको हृदयघातका कारण मंगलबार मृत्यु भएको छ ।

उपचारका लागि लखनउ ल्याउँदा बाटोमा नै उनको मृत्यु भएको हो ।

मुख्यमन्त्री योगी आदित्यनाथले नेता गिरिको निधनले राज्यलाई अतुलनीय क्षति भएको बताउँदै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू