जीआरएनसीले १० के र २ के फन रन गर्ने
लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटी (जीआरएनसी) ले आगामी ९ अक्टोबरका दिन १० के र २ के (फन रन) आयोजना गर्ने भएको छ ।
बिहान १० बजे १० के र १०:१५ बजे २ के दौड गरिने भएको हो । उक्त दौडमा ब्ल्याक वाटर भ्याली रनर्स को सहकार्य र रसमुर बरो काउन्सिलको विशेष सहयोग हुनेछ ।
१० के दौडमा सहभागी हुन जनही १८ पाउण्ड लाग्नेछ भने २ के फन रन निशुल्क हुनेछ । दौडमा फिनिसिङ लाइन पार गर्नेले मेडल र सात सय जना सम्मले टिसर्ट पाउने अध्यक्ष मान गुरुङले जनाए ।
उक्त दौडका लागि कम्तीमा पैंतीस जना मार्सल (भोलुनटियर्स) आवश्यक भएको जनाउंदै अध्यक्ष गुरुङले इच्छुकलाई सम्पर्क गर्न अपिल गरेका छन् । स्वयंसेवकलाई निशुल्क लन्च बक्सको व्यवस्था हुनेछ। उक्त दौडबाट बचेको केही रकम वृक्षारोपणमा खर्च गर्ने योजना आयोजकको छ ।
साथै ओभरअल रन र नेपाली समुदायमा प्रथम हुने धावकलाई नेपालमा हुने एभरेष्ट म्याराथनमा दौड्नका लागि आर्थिक प्रयोजनको कोशिस भइरहेको अध्यक्ष गुरुङले जनाए ।
उक्त दौडको प्रमुख प्रायोजक पिपल मोर्गेज र विशेष प्रायोजक ग्रेन्जर रहने छ ।
उक्त दौडको तयारी बैठक गत शनिबार ३ सेप्टेम्बर २०२२ मा भएको छ । बिहान ९:३० देखि ११:३० सम्म भएको बैठकमा कार्यसमिति सदस्यहरु र सल्लाहकारहरुको उपस्थिति थियो ।
उक्त दौडको संयोजक मेजर (रि) खिम गौचन छन् भने सहसंयोजकको जिम्मेवारी उपाध्यक्ष उत्तरबहादुर गुरुङ, महासचिव डा. विशाल गुरुङ, खेलकुद सचिव कुमार गुरुङ र महिला उपाध्यक्ष लिला सेलिङ माबोले पाएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५