मंगलबार, मंसिर ११, २०८१
11:23
|
१७:०८
अफगान सुरक्षा बलद्वारा आईएस कार्यकर्ता मारिए
रासस-सिन्ह्वा
सेप्टेम्बर २, २०२२
काबुल । अफगान सुरक्षा बलले पश्चिमी फराह प्रान्तमा इस्लामिक स्टेट (आईएस) का कार्यकर्तालाई मारेको छ । आईएस कार्यकर्ता लुकेको सूचनाका आधारमा सेनाले कारबाही गर्दा एक जनालाई मारेको राज्य सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।
बख्तर समाचार समितिका अनुसार कारबाहीस्थलबाट भारी मात्रामा गोलाबारूद बरामद गरिएको छ । कारबाहीका क्रममा सुरक्षा बलका सदस्यमा कुनै क्षति भएको छैन । यद्यपि पूर्ण विवरण प्राप्त भएको छैन ।
निजी क्षेत्रबाट सञ्चालित एउटा टेलिभिजन च्यानलले भने मारिएका व्यक्तिको परिचय आईएसका गभर्नरका रूप दिँदै कारबाहीका क्रममा अन्य तीन जना पक्राउ परेका जनाएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ