लन्डनमा तमु समाज यूके आमा समूहको तीज
लण्डन । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा तमु समाज यूके आमा समूहले विगत बर्षहरु झैं यसपटक पनि हरितालिका तीज कार्यक्रम गरेको छ ।
गत २७ अगष्ट शनिबार लन्डनको वेम्बली बरहाम पार्कस्थित तमु समाज यूके नेपलिज कम्युनिटी सेन्टरमा हरितालिका तीज तथा लेडिज नाइट कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा तमु समाज यूकेका आमा, दिदीबहिनीहरु एवं लण्डन वरपरका नेपाली नारीहरुको उल्लेख्य उपस्थिति थियो। तमु समाज यूके आमा समूहकी अध्यक्ष उमादेवी गुरुङको अध्यक्षतामा भएको कार्यक्रम आमा समूहकी सचिव मिरा गुरुङले सञ्चालन गरेकी थिइन् ।
प्रमुख अतिथि जेष्ठ नागरिक श्रद्धेय चन्द्र कुमारी गुरुङ, आमा समूहकी अध्यक्ष माया गुरुङ र तमु समाज यूके प्रथम महिला मिना गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि कार्यक्रम समुदघाटन गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि तमुधिं यूके आमा समूहकी अध्यक्ष तथा प्रथम महिला सिता गुरुङ (मन्जु) लगायत तमु धिं यूकेबाट आएका अन्य अतिथिहरु कमला गुरुङ, सन्ध्या गुरुङ, सुश्री समी गुरुङ, तमु प्ये ल्हु संघ यूके आमा समूहकी अध्यक्ष विष्णु गुरुङ, तमु समाज यूके प्रथम महिला मिना गुरुङ, सोपाल समाज यूकेकी संस्थापक उपाध्यक्ष पर्वती गुरुङ, कोने घोन्डे समाज यूके चेलिबेटी प्रमुख चन्द्र देवी गुरुङ, लन्डन फेसन हाउसकी प्रबन्ध निर्देशक मनिसा डङ्गोल, आसा फेसन हाउसकी प्रबन्ध निर्देशक आसा भुषाल, अष्मी ज्वएलर्सकी प्रोपाइटर रन्जु श्रेष्ठ र तमु समाज यूकेका जेष्ठ नागरिक आमाहरु अतिथिका रुपमा उपस्थित थिए।
तीजको औपचारिक कार्यक्रममा हेल्थ एण्ड सेफ्टीबारे सचिव मिरा गुरुङले जानकारी दिएकी थिइन्। त्यसैगरी आमा समूहकी उपाध्यक्ष मथुरा देवी गुरुङले स्वागत मन्तव्य र आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले धन्यवाद मन्तव्य दिएका थिए ।
कार्यक्रममा आमा समूहकी सचिव मिरा गरुङले लेडिज नाइट तथा तीज कार्यक्रमलाई विभिन्न किसिमका भौतिक सहयोग र आर्थिक प्रायोजन गर्ने दाताहरुको नामावली वाचन गर्दै सबै सहयोगदाताहरु प्रति आभार प्रकट सहित धन्यवाद व्यक्त गरेकी थिइन् ।
यस बर्षको तीज कार्यक्रममा मनोरन्जनका निम्ति राखिएको राफल ड्रको पहिलो पुरस्कार सुनको चन्द्रमा लण्डन साउथ हेरो स्थित जय श्री कृष्ण ज्वएलर्स यूके प्रोपाइटर श्रीमति लक्ष्मी गौतमले प्रायोजन गरेकी थिइन्। राफल ड्रको अन्य पुरस्कारहरु आमा समूहका दिदीबहिनीले प्रायोजन गरेका थिए।
यसैगरी नृत्य तर्फ उत्कृष्ट डान्सरको पुरस्कार आमा समूहकी अध्यक्ष उमा देवी गुरुङले र अन्य पुरस्कार आमा समूहका पूर्व अध्यक्ष माया गुरुङ, सल्लाहकार ईच्छा कुमारी गुरुङ, तमु समाज यूके पूर्व उपाध्यक्ष रेनुमाया गुरुङ र आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले प्रायोजन गरेका थिए।
नृत्य प्रतियोगितामा उत्कृष्ट डान्सरको उपाधि ज्ञानु घलेले जितिन् भने दोस्रो स्थान बविता श्रेष्ठ र तेस्रो स्थान तिलु घलेले लिए।यस बर्षको राफल ड्रको आकर्सक प्रथम पुरस्कार सुनको चन्द्रमा सुश्री सौरभीले जितिन्।
कार्यक्रमको हल सजावटमा आमा समूह अध्यक्ष उमा देवी गुरुङ, उपाध्यक्ष मथुरा गुरुङ, सचिव मिरा गुरुङ र प्रथम महिला मिना गुरुङ लगायत संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङ, कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु र अन्य पुरुष सदस्यहरुले सहयोग गरेका थिए।
यसैगरी खाना व्यवस्थापन समाजका खाध्य संयोजक हरिमान गुरुङ, सल्लाहकार राम चन्द्र गुरुङ र सल्लाहकार ज्ञान गुरुङले गरेका थिए।
कार्यक्रममा प्रबेश शुल्क संकलनको जिम्मा निर्वतमान अध्यक्ष शिव चन्द्र गुरुङ र सल्लाहकार उदय गुरुङले लिएका थिए।
तीज कार्यक्रममा अल्डरसट गोर्खा किचेनका प्रोपाइटर भिम गुरुङले खाना बन्दोबस्त र आमा समूहका आमा र दिदीबहिनीले उपस्थित सबैलाई सेलरोटी उपलब्ध गराएका थिए। तमु समाज यूके युवा समूहका अध्यक्ष तथा फोटोग्राफर ओमकार गुरुङले फोटोग्राफी गरेका थिए।
दिउसो २:१५ बजे आरम्भ भएको तीज कार्यक्रममा सहभागी दिदीबहिनीले स्वादिष्ट खानासहित प्रज्वल गुरुङको तीज डिजेमा बेलुका १० बजेसम्म नाचेर भरपुर मनोरञ्जन लिए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५