मंगलबार, मंसिर ११, २०८१
10:42 | १६:२७

जाडो मौसममा कोरोना महामारी बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

रासस-सिन्ह्वा सेप्टेम्बर १, २०२२

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम ग्याब्रिएसस । तस्बिर-सिन्हवा

जेनेभा-विश्व स्वास्थ्य संगठनले जाडो मौसम आएसँगै कोभिड–१९ का संक्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ ।

हालैका केही दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिडका संक्रमितको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।

यसका साथै कोभिडका संक्रमितको मृत्यु दर तथा उनीहरु अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने पनि विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रिएससले बुधबार जेनेभामा पत्रकारसँगको कुराकानीका क्रममा सो कुरा बताएका हुन् ।

उनले भनेका थिए ‘‘हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथमा यसको स्वागत गरिरहेका छौँ तर अबका दिनमा आउने चिसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ ।’’

विश्वमा यसको संक्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्यांकले देखाउँछ ।

साप्ताहिकरुपमा गरिने यसको गणनाअनुसार पछिल्लो हप्तामा यसको संक्रमण ५३ लाख मानिसमा भएको देखिएको छ ।

यो सङ्ख्या यो भन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो । त्यसैले अहिले कोरोना भाइरसको संक्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा पनि आगामी जाडो मौसममा हुनसक्ने यसको असरलाई मध्यनजर गरेर सतर्कता अपनाउनुपर्ने महानिर्देशक ग्याब्रिएससले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू