शुक्रबार, पुष २६, २०८१
05:52 | ११:३७

आइसीसीलाई पैसा पठाउने निर्णय एनआरएनए यूके कार्यसमितिकै सहमतिमा

नेपाली लिङ्क अगस्ट ३१, २०२२

नारायण कंडेल (बायां) र बिष्णु खरेल

लन्डन । एनआरएनए आइसीसीलाई सदस्यता शुल्क पठाउने निर्णय एनआरएनए यूके कार्यसमितिकै बैठकले गरेको पदाधिकारीले बताएका छन् ।

एनआरएनए यूके उपाध्यक्ष कंडेलले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा गत १७ मार्च, १५ मे र २४ जुलाईमा भएको एनआरएनए यूके बैठकमा अध्यक्ष प्रेम गाहामगरकै सहमतिमा एमओयू गरेर केन्द्रमा पैसा पठाउने निर्णय भएको बताए ।

‘२४ जुलाईको बैठकमा वहुमत सदस्यले एमओयू 
गर्ने अधिकार मलाई दिएपछि पैसा पठाउन कोषाध्यक्षलाई करारी निर्देशन दिइएको हो । केन्द्रलाई पैसा पठाउन हाम्रो कार्यसमिति पूर्ण रुपमा जिम्मेवार छ । यसमा कोषाध्यक्ष विष्णु खरेलको कुनै दोष छैन् । कोषाध्यक्षले कार्यसमितिको निर्देशन पालना गरेका हुन्’, कंडेलले भने ।

उपाध्यक्ष कंडेलले संघको आर्थिक छानविन गर्ने अधिकार लेखा समितिलाई मात्र हुने विधानमा उल्लेख भएको जनाउंदै अहिले केन्द्रमा पठाइएको लेवी सम्बन्धमा छानविन गर्न भनेर गठित समिति 
वैधानिक नहुने बताए ।

उनले गत नोभेम्बर २०२१ मा राजेन्द्र सुवेदीको संयोजकत्वमा सदस्य सचिव विष्णु खरेल र सदस्यहरु सदस्य दीपक श्रेष्ठ र शर्मिला भण्डारी रहने गरि लेखा समिति गठन भएको र विधान बमोजिम आर्थिक गतिविधि छानविन गर्ने अधिकार उक्त लेखा समितिलाई मात्र भएको पनि जनाए ।

‘हामीले निवर्तमान अध्यक्ष पुनम गुरुङले लेखा समितिलाई नमानेको भनेर डंगा पिट्ने अनि अहिले प्रेम गाहामगरले त्यही कुरा गर्दा हामीले मान्ने ?’ कंडेलको प्रश्न छ ।

कोषाध्यक्ष खरेलले केही साताअघि एनआरएनए आइसीसीलाई लेबी वापत पठाएको ३९ हजार २८५ पाउण्ड ७३ पेन्स बैंकिङ च्यानलमार्फत भएको र खरेलले कुनै अपराध नगरेको पनि कंडेलले बताए ।

‘६ अगष्टको वार्षिक साधारणसभामा वरिष्ठ व्यक्तित्व योगेन क्षेत्रीले पैसा चोरी गरियो भन्नुभयो । त्यो बोल्न नहुने कुरा थियो । चोरीको आरोप लगाउनेले प्रमाणित गर्न नसके पछि कसरी मुख देखाउने ?’ उनले भने ।

एनआरएनए यूके च्यारिटी कमिसनमा दर्ता भएको र यसका कुल ८ जना ट्रष्टीमध्ये ५ जनाले हस्ताक्षर गरेकाले ट्रष्टीमा पनि वहुमतसहित नेपाल पैसा पठाइएको कंडेलको भनाइ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू