एनआरएनए यूके अध्यक्षलाई कारबाही गर्न आइसीसीलाई सिफारिश
लन्डन । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरलाई कारबाही माग गर्दै अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) मा सिफारिश गरिएको छ ।
अध्यक्षसंग असन्तुष्ट कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यले सोमबार एक पत्रकार सम्मेलन गरी अध्यक्षलाई कारबाही सिफारिश गर्दै पत्राचार गरिएको जानकारी गराएका हुन् ।
अध्यक्ष गाहामगरले कार्यसमितिको निर्णय नमानेको, एकलौटी संस्था चलाएको, संस्थाको विधान नमानेको, हिंसा भड्काउने अभिव्यक्ति दिएको, आर्थिक अपचलन गरेको लगायतका गम्भीर आरोप पदाधिकारीहरुले लगाएका छन् ।
यसअघि गल्तीहरु सच्चाउने मौकासहित ‘अल्टिमेटम’ दिइएको समयसीमा समाप्त भएपछि अध्यक्ष गाहामगरलाई कारबाहीको सिफारिश गरिएको जनाइएको छ।
कार्यसमितिको बैठकबाट विधिवत निर्णय गरी आइसीसीलाई सदस्यता शुल्क पठाइएको स्पष्ट पार्दै पदाधिकारीहरुले सोहि विषयमा अध्यक्ष गाहामगरले कोषाध्यक्ष विष्णु खरेलको मानमर्दन हुने गरी विभिन्न लाञ्छना लगाएकोमा आपत्ति प्रकट गरेका छन्।
पत्रकार सम्मेलनमा उपाध्यक्षहरु नारायण कंडेल, सुनिलबाबु खड्का, गोविन्द खरेल, मोहन कार्की, रामचन्द्र पोखरेल र सकुन्तला गुरुङ, महासचिव खुशी लिम्बू, सचिव विष्णु चालिसे, कोषाध्यक्ष विष्णु खरेलसहितका बहुमत पदाधिकारी र सदस्य सहभागी थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५