मंगलबार, मंसिर ११, २०८१
11:30 | १७:१५

अष्ट्रेलियाली महिला कामदारको अवस्था सुधार्ने प्रतिवद्धता

रासस-सिन्ह्वा अगस्ट २९, २०२२

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानीज नयां मन्त्रीहरुका साथ । तस्बिर- एपी

क्यानबेरा, १३ भदौ –अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कार्यस्थलमा महिलाको अवस्था सुधार गर्न ‘सांस्कृतिक परिवर्तन’ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गत मेमा भएको निर्वाचनपछि लेबर पार्टी सत्तामा आएको १०० दिन पुगेको उपलक्ष्यमा सोमबार सम्बोधन गर्दै अल्बानिजले ‘सुधार र नवीकरण’ को एजेन्डामा परिवर्तन भएको संकेत गरे ।

नेसनल प्रेस क्लब (एनपीसी) सँगको कुराकानीमा उनले भने, “भविष्यका लागि योजना बनाउने, दीर्घकालीन रूपमा निर्माण गर्ने, सुधारहरू कार्यान्वयन गर्ने दायित्व सरकारको हो जसले मानिसहरूलाई उनीहरूको क्षमता पूरा गर्ने हरेक अवसर प्रदान गर्दछ ।”

लेबर पार्टीलाई चुनावी जीतको लागि नेतृत्व गरेदेखि आफूले कार्यालयमा एक दिन पनि समय वर्वाद नगरेको उनको दावी थियो ।

अस्ट्रेलियाको हरित गृह उत्सर्जन कटौती लक्ष्य बढाउन र कम तलब भएका कामदारहरूको लागि ज्याला बढाउने दिशामा उनले कदम चालेका छन् । स्थानीय उत्पादन उद्योगको पुनरुत्थान, स्वच्छ र सस्तो ऊर्जा, सस्तो बच्चाको हेरचाह र राम्रो सीप र प्रशिक्षणलगायत लेबरको चुनावी संकल्पहरूको सूचीलाई प्रधानमन्त्रीले अर्को प्राथमिकताका रूपमा पहिचान गरेका छन् ।

अल्बानिजले भने, “३० वर्ष बितिसक्दा पनि लैङ्गिक असमानता कम भएको छैन ।” उनले महिलाका लागि आर्थिक समानतामा गम्भीर सुधारको प्रतिवद्धता गरेका छन् ।

यसका लागि संसदबाट हुने कानून परिवर्तनभन्दा पनि बढी समय लाग्ने भन्दै अस्ट्रेलियालीहरूलाई संस्कृति परिवर्तन पनि आवश्यक रहेको उनले बताए ।

शुक्रबार दिउँसो शिखर सम्मेलन समाप्तपछि उनले भने, ‘अझै पनि चुनौतीहरू छन्, एक ट्रिलियन डलरको ऋणसहित अस्ट्रेलियाली परिवारहरू जीवनयापनको लागतको दबाबसँग संघर्ष गरिरहेका छन् । ठूला र साना व्यवसायहरूको लागि कर्मचारी र आवश्यक सीपहरूको आवश्यक छ ।’

“तर लामो समयपछि पहिलो पटक मलाई विश्वास छ कि हामी यी समस्याका लागि कसलाई दोष दिने भनेर वहस गर्नुको सट्टा यी समस्या कसरी समाधान गर्ने भन्ने कुरामा सहमतिमा अघि बढ्नेछौं,” उनले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू