बुधबार, माघ २, २०८१
10:05 | १५:५०

ग्लोवल आइएमइको एनआरएन खाता खोल्न थप सहज, ब्याजदर पनि वृद्धि

नेपाली लिङ्क अगस्ट २४, २०२२

लन्डन । गैर आवासीय नेपाली (एनआरएन) का लागि नेपाली बैंकमा डलर खाता खोल्न नेपाल सरकारले अनुमति दिएपछि ग्लोवल आइएमइ बैंकले आफूले प्रदान गर्दै आएको सेवा सुविधा थप परिस्कृत गरेको छ । ग्राहकको सुविधालाई मध्यनजर गर्दै नयाँ खाता खोल्न र विदेशी रकम जम्मा गर्दा दिइने ब्याजदरमा वृद्धि गरेको बेलायतस्थित ग्लोबल आइएमइ बैंकको सम्पर्क कार्यालयका प्रमुख प्रतिनिधि अमित चालिसेले बताए ।

ग्लोबल आइएमइ बैंकमा भिडियो कल (भिडियो केवाइसी) को माध्यमबाट घरमै बसेर सहज रुपमा खाता खोल्न सकिने भएको छ । बैंकको वेवसाइटमा गएर नयाँ खाता खोल्न अनलाइन फारम भरेर आवश्यक कागजपत्र अपलोड गरेपछि बैंकका कर्मचारीसंग भिडियो कलमार्फत सम्पूर्ण प्रमाणीकरण गरिनेछ । अनलाइन खाता खोल्नेवित्तिकै डेबिट कार्ड, इन्टरनेट बैकिङ, मोबाइल बैंकिङ तथा डिम्याट/मेरो शेयर लगायत सुविधाहरु उपलब्ध हुनेछन् ।

विदेशी मुद्रा वचतमा ब्याजदर वृद्धि

ग्लोवल आइएमइ बैंकले गैरआवासीय नेपालीका लागि नेपाली बैंकमा डलर खाता खोल्दा हाल दिंदै आएको ब्याजदर वृद्धि गरेको छ । डलर खातामा जम्मा गर्दा वचतमा ४.५ प्रतिशत र मुद्दती खातामा ५.५ प्रतिशत कायम गरिएको चालिसेले बताए । यस अघि बैंकले वचत खातामा ३ प्रतिशत र मुद्दती खातामा ४ प्रतिशत ब्याज दिंदै आएको थियो ।

विदेशमा बस्ने नेपालीलाई लक्षित गरि नेपाल सरकारले गैर आवासीय नेपाली र उनीहरुबाट प्रवद्र्धित संस्थाले नेपाली बैंकमा अमेरिकी डलर, युरो, पाउण्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, जापनिज येन र चिनिया युआनमा मुद्दती एवं वचत खाता खोल्न, विदेशी मुद्रामै आफ्नो वचत लैजान पाउने नियम लागू गरेको छ ।

नयाँ खाता खोल्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू