बुधबार, माघ २, २०८१
10:07 | १५:५२

बीसीसी यूकेद्वारा सेचेन खेन्चेनको विदाइ तथा टुल्कुको स्वागत

नेपाली लिङ्क अगस्ट २३, २०२२

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले सेचेन खेन्चेन घ्यूर्मी छुल्त्रिमको विदाइ तथा टुल्कु जिग्मे साम्तेनलाई स्वागत गरेको छ । 

गत २० अगष्ट शनिबार अल्डरसटस्थित गुम्बामा विदाइ तथा स्वागत गरिएको हो ।

बीसीसी यूकेले गत १ अगष्टमा आयोजना गरेको छ्योखोर दुचेन पूजाको अवसरमा अतिथिको रुपमा नेपालबाट आएका सेचेन खेन्चेन छुल्त्रिमलाई विदाइ गरयो । 

यसअघि बीसीसी यूकेको निमन्त्रणामा बेलायत आइसकेका टुल्कु साम्तेनलाई दोस्रोपटक बीसीसी गुम्बामा पुनः स्वागत गरिएको छ । 

सेचेन खेन्चेन गुरु गत ३० जुलाईका दिन बेलायत आएका थिए भने टुल्कु गत १८ अगष्टका दिन बेलायत आएका हुन् । उनीहरुलाई औपचारिक रुपमा स्वागत तथा विदाइ गरिएको हो । 

३ हप्ते बसाइका क्रममा सेचेन खेन्चेनले नेपाली दूतावास लण्डन, बकिङहम प्यालेसलगायत लण्डनका महत्वपूर्ण स्थान भ्रमण गरेका थिए । त्यस्तै, थाउजेन्ड बुद्ध रेडिङ, डायमन्ड बुद्धिष्ट सेन्टर लण्डन, मन्जुश्री आमा समूह केन्ट, बीसीसी केन्ट, स्कटल्याण्डलगायतका भक्तजनहरुसंग भेटघाट गरेका थिए । उनले ब्राईटनस्थित खेन्पो सोन र लण्डनस्थित छिमे रिन्पोछेसंग भेटघाट गरेका थिए । 

उता, टुल्कु गुरु साम्तेनले एक वर्ष बीसीसी यूकेमा रहेर विभिन्न पूजापाठ, बौद्ध दर्शन प्रवचन दिने छन् । 

उक्त विदाइ तथा स्वागत कार्यक्रमको पहिलो चरणमा सेचेन खेन्चेन रिन्पोछे, टुल्कु जिग्मे साम्तेन, काल्जङ, लोपेन नोर्बुले क्षमा तथा घनचक्र पूजा गरेका थिए । 

पूजापाठ पश्चात दोस्रो चरणमा बीसीसी यूकेका अध्यक्ष धर्म तामाङले सेचेन खेन्चेन छुल्त्रिमलाई खादा लगाई विदाई गरे भने टुल्कु जिग्मे साम्तेनको स्वागत गरे । 

बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ गुरु समेत रहेका सेचेन खेन्चेनले बीसीसी यूकेले आफूलाई गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिए । उनले सेचेन गुम्बा र बीसीसी यूकेबीचको सम्बन्ध अझ गाढा हुदै जाने विश्वास व्यक्त गरे । त्यस्तै, हालै बेलायत आइपुगेका टुल्कु साम्तेनले बीसीसी यूकेमा आएर फेरी भक्तजनहरुलाई सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै सबैमा सुख सम्वृद्धिको कामना गरे । 

बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ गुरु समेत रहेका सेचेन खेन्चेनले बीसीसी यूकेले आफूलाई गरेको स्वागत तथा सम्मानका लागि धन्यवाद दिए ।

उनले सेचेन गुम्बा र बीसीसी यूकेबीचको सम्बन्ध अझ गाढा हुदै जाने विश्वास व्यक्त गरे । त्यस्तै, हालै बेलायत आइपुगेका टुल्कु सामतेनले बीसीसी यूकेमा आएर फेरी भक्तजनहरुलाई सेवा गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै सबैमा सुख सम्वृद्धिको कामना गरे । 

सो अवसरमा बीसीसी यूकेका अध्यक्ष तामाङले बीसीसी यूकेले बुद्धको चार तीथिमध्येको एक महत्वपूर्ण तीथि दुचेनको अवसरमा आयोजित पूजामा विशेष सहभागिता जनाइदिएकोमा सिंगो बीसीसी यूके र भक्तजनकातर्फबाट धन्यवाद दिए । उनले सेचेन खेन्चेन गुरुबाट बुद्ध दर्शन तथा ज्ञान बुझ्ने र सिक्ने मौका मिलेको पनि बताए ।

बीसीसी यूकेको अनुरोधमा पुनः आएका टुल्कु साम्तेन गुरुलाई स्वागत गर्दै टुल्कु गुरुबाट बेलायतवासी बौद्धमार्गीहरुले धेरै ज्ञानगुणका कुरा सिक्न पाउने विश्वास व्यक्त गरे ।  

उक्त विदाइ तथा स्वागत कार्यक्रममा बीसीसी यूकेका अध्यक्ष धर्म तामाङ, संस्थापक अध्यक्ष काजी शेर्पा, पूर्व अध्यक्ष ले. (रि). नारायणप्रसाद गुरुङ ‘बिएमई’, निवर्तमान अध्यक्ष नरेश गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, उपाध्यक्ष हर्क गुरुङ, उपाध्यक्ष आङ्गदावा शेर्पा, उपाध्यक्ष रोविन गुरुङ, महासचिव क्यप्टेन देव घले, बीसीसी यूके लण्डन शाखा अध्यक्ष गोपाल तामाङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्य, भक्तजन एवं शुभचिन्तकहरुको उपस्थिति थियो । 

त्यस्तै, आमा अध्यक्ष उर्मिला गुरुङ, संस्थापक आमा अध्यक्ष ज्ञानुमाया गुरुङ, आमा उपाध्यक्ष जगना गुरुङ, सचिव शारदा गुरुङ, बीसीसी यूके लण्डन शाखा अध्यक्ष दिलमाया गुरुङलगायत आमाहरुको उल्लेख्य उपस्थिति थियो । 

बीसीसी यूकेका अध्यक्ष धर्म तामाङको अध्यक्षता र उपाध्यक्ष रोविन गुरुङको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम महासचिव क्याप्टेन देव घलेले संचालन गरेका थिए । 

सेचेन खेन्चेन गुरुलाई २१ अगष्टका दिन बीसीसी यूकेका अध्यक्ष धर्म तामाङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङलगायतले हिथ्रो एयरपोर्ट पुगी विदाई गरेका थिए । –पूर्ण गुरुङ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू