मंगलबार, मंसिर ११, २०८१
13:43 | १९:२८

श्रीलंकाका पूर्व राष्ट्रपति गोटावायले दिए अमेरिकी ‘ग्रिनकार्ड’ का लागि आवदेन 

रासस-एएनआई अगस्ट १९, २०२२

श्रीलंकाका पूर्वराष्ट्रपति गोटबाय राजापाक्ष । तस्बिर एपी

कोलम्बो, ३ भदौ –श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिएका छन् । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भागेका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ ।

उनले आफूसँगै श्रीमति र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख छ ।

श्रीलंकाको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उनी अमेरिका जाने तयारीमा रहेको जानकारी दिए ।

पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिने विरातुङ्गाले थाइल्याण्ड फर्किने उनको योजना रद्ध भइसकेको पनि बताए । पहिला उनले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाएका थिए ।

तर कानून व्यवसायीहरुसँगको परामर्शपछि उनी यही महिनाको अन्त्यमा श्रीलंका फर्किने निर्णयमा पुगेको डेली मिरर पत्रिकाले लेखेको छ ।

उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उनले अमेरिका जाने प्रक्रिया सुरु गरेको उल्लेख गरिएको छ । उनकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गरेकी छन् ।

उनीहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानून व्यवसायी संलग्न भएर काम गरिरहेका छन् भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।

मुलुकमा आर्थिक संकट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उनको निवास घेर्न थालेपछि उनले देश छोडेर भाग्नु परेको हो । उनी सुरुमा म्यानमार र त्यसपछि थाइल्याण्ड हुदै सिंगापुर पुगेका थिए ।

उनले देश छोडेपछि श्रीलंकामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले संकट समाधानको प्रयास गरिरहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू