मंगलबार, मंसिर ११, २०८१
13:44 | १९:२९

भिषण वर्षामा परी सुडानमा ५२ जनाको मृत्यु   

रासस-सिन्ह्वा अगस्ट १५, २०२२

खार्तुम । सुडानमा भिषण वर्षा भएको छ । वर्षाका कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ ।

यहाँको उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ । सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

रक्षा मन्त्रालयले दिएको जनकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा छ । यहाँको दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ । यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ । सरकारले यहाँका प्रहरी, सेना तथा अन्य उद्धारकर्मीहरु परिचालन गरेको छ । दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ । यहाँ गएको जुन महिनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू