बुधबार, माघ २, २०८१
13:54 | १९:३९

बेलायतले ताइवान मुद्दामा चिनियाँ राजदूतसँग सोध्यो स्पष्टिकरण

रासस/एएफपी अगस्ट १०, २०२२

बेलायती विदेशमन्त्री लिज ट्रस । तस्बिर- एएफपी

लन्डन, २५ साउन –बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताएकी छन् ।

गत साता अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले उक्त टापुको भ्रमण गरेपछि चीनले सैन्य अभ्यास सुरु गरेको थियो ।

‘बेलायत र साझेदारहरूले ताइवान वरपरको क्षेत्रमा चीनको गतिविधि वृद्धिको आलोचना गरेका छन्, जुन हाम्रो हालैको जी–७ वक्तव्यबाट देखिएको छ’, ट्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘मैले चिनियाँ राजदूतलाई बोलाएर आफ्नो देशको गतिविधिबारे स्पष्ट पार्न निर्देशन दिएँ’, उनले भनेकी छन्, ‘हामीले हालैका महिनाहरूमा बेइजिङको तर्फबाट बढ्दो आक्रामक व्यवहार र भनाइ देखेका छौं, जसले यस क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू