मंगलबार, मंसिर ११, २०८१
15:49 | २१:३४

अष्ट्रेलियाको गोली काण्डमा तीनको हत्या  

रासस-सिन्ह्वा अगस्ट ४, २०२२

सिड्नी, १९ साउन -अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा रहेको प्रहरीले बिहीबार एक ग्रामीण इलाकामा गोली हानी तीन जनाको हत्या गरेको जनाएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ९:०० बजे राज्यको उत्तरपूर्वमा रहेको सानो सहर बोगीमा धेरै जनालाई गोली हानी हत्या गरिएको सूचनापछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो ।

क्विन्सल्यान्ड प्रहरी टम आर्मिटका कार्यकारी सुपरिटेन्डेन्टले स्थानीय सञ्चामाध्यमलाई बताए- ‘हामी सक्रियतापूर्वक त्यस क्षेत्रमा भएका भनिएका हत्याबारे खोजी तथा अनुसन्धान गरिरहेका छौँ । परिस्थिति के थियो र कसरी यी मानिसहरूलाई गोली हानिएको थियो भन्ने विषयमा हाम्रो प्रारम्भिक अनुसन्धान शुरु भएको छ ।’

उनले अगाडि भने, ‘यस अवस्थामा घटनाका लागि को जिम्मेवार छ, हामीलाई थाह छैन हामी किनकि यस अनुसन्धानको प्रारम्भिक चरणमा छौं ।’

घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ र चौथो व्यक्तिलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ । वरपरका इलाकाको सर्वेक्षण गर्दा प्रहरीले त्यस इलाका अहिले सुरक्षित रहेको र घटनाबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू