बुधबार, माघ २, २०८१
13:41 | १९:२६

बेलायतस्थित पीपल ग्रुपले बांड्यो मुगुका ३२५ विद्यार्थीलाई पोशाक

पूर्ण गुरुङ अगस्ट १, २०२२

लन्डन – बेलायतमा मोर्गेज, प्रोटेक्सन, होम इन्स्योरेन्स, कमर्सियल फाइनान्स, वील्स्, प्रोपर्टी सेल्स, लेटिङ्स, म्यानेज्मेन्टलगायत सेवा प्रदान गर्दै आएको पीपल ग्रुपले मुगुको मुगुम कार्माराङ गाउँपालिकामा अवस्थित नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत ३२५ विद्यार्थीहरूलाई पोशाक वितरण गरेको छ ।

गत बुधबार २७ जुलाइका दिन कोहलपुरमा पत्रकार सम्मेलन गरी सो विद्यालय तथा गाउँपालिकाका प्रतिनिधिहरुको विशेष उपस्थितिमा विद्यार्थीलाई टिसर्ट, पाइन्ट, जुत्ता, मोजा र ज्याकेट हस्तारण गरिएको हो ।

उक्त पत्रकार सम्मेलनमा पीपल ग्रुपका नेपाल प्रतिनिधि जगदीश पराजुलीले भौगोलिक विकटताले गर्दा कर्णाली प्रदेशका धेरै विद्यार्थीले राम्रोसँग पठनपाठन गर्न नपाएको थाहा पाएपछि उनीहरूलाई अध्ययन गर्न सजिलो होस् भनेर करिब ६ लाख बराबरको पोशाक सहयोग गरिएको बताए ।

साथै, उनले नेपाल सरकारले मासिक ४ हजारभन्दा बढिका दरले विद्यार्थीहरुलाई छात्रवृत्ति सहयोग गरिदै आएको भएपनि उक्त रकम त्यो पर्याप्त नभएका कारण र विद्यालयको अनुरोधमा आफूहरूले पोशाक सहयोग गरेको बताए ।

सो पोशाक हस्तान्तरण कार्यक्रममा यूके बसोबास गर्दै आएका पीपल ग्रुपका सहयोगी संघर्ष राईले उक्त सहयोग सानो भएपनि पोशाकले विद्यार्थीहरूलाई चिसोबाट जोगाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङलगायत आफूहरुले नेपालमा यस्तैखाले च्यारिटी सहयोग गर्दै आएको पनि जनाए ।

उक्त पत्रकार सम्मेलनमा मुगुम कार्माराङ गाउँपालिकाका नायब सुब्बा गौरीकान्त चौलागाई, मुगुका पत्रकार जीवन सेजुवाललगायतले पीपल ग्रुपले गरेको सहयोगको प्रशंसा गर्दै यस्तो सहयोगले दुर्गम क्षेत्रका बालबालिकालाई नियमित रुपमा विद्यालय आउन प्रेरित गर्ने बताए ।

फानवरो, आसफोर्ड, स्वीन्डन, हन्स्लो, टीथवर्थ र वेक्स्लीहिथमा कार्यालय स्थापना गरी विशेषतः नेपालीलाई सेवा प्रदान गर्दै आएको पीपल ग्रुपका निर्देशक सूर्य गुरुङले गत चैत्र महिनामा उक्त विद्यालय अवलोकन गरि फर्किएका थिए ।

उक्त विद्यालयमा पोशाकलगायत अरु धेरै सहयोग खाँचो रहेको बताउँदै आफूहरुले भविष्यमा कसरी सहयोग गर्न सकिन्छ भन्नेबारे योजना बनाइरहेको पनि गुरुङले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू