बुधबार, माघ २, २०८१
16:50 | २२:३५

भूतपूर्व गोर्खाहरु राजदूत आचार्यसँग सशंकित

नेपाली लिङ्क जुलाइ २९, २०२२

दूतावास भवन अगाडि भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिहरु

लण्डन – २८ तारिख नेपाली दूतावास लन्डन पुगेका विभिन्न गोर्खा संगठनका १० जना भूतपूर्व गोर्खाहरुले राजदूत ज्ञानचन्द्र आचार्यसँग कयौं गुनासो गरेका छन् ।

उनीहरु वार्ता तत्काल अगाडि बढ्नेमा सशंकित पनि देखिएका छन् ।  

राजदूतलाई भेटेपछि उनीहरुले बुंदागत रुपमा उठाएका कुरा:

१. जुलाईमा ‘टिओआर’ तयार पार्ने र मिड सेप्टेम्बरबाट वार्ता सुरू गर्ने भनेर मिडियामा अफवाह फैलाइयो तर कहीं कतै लिखितमा छैन् ।

२. बेलायत सरकारले लियो डोकर्टीको संयोजकत्वमा वार्ता समिति गठन गरेको भनेर मिडियामा आयो, यो पनि लिखितमा छैन् ।

३. लियोको ठाउंमा जोनी मरसर भेट्रान्स् अफेयर मन्त्री आएको अवस्थामा अब कस्को संयोजकत्वमा वार्ता समिति गठन हुन्छ भनि सोधिएकोमा राजदूत अनुत्तरित ।

४. यदि मिड सेप्टेम्बरबाट वार्ता सुरू गरिएन वा वार्ता नहुने देखिएमा अब गोरखाहरूको धैर्यताको बांध फुट्ने छ।

५. बेलायत सरकारले गत वर्ष अगष्ट १९ तारिख लिखितमा डिसेम्बर २०२१ बाट वार्ता सुरू गर्ने भनेको पत्रलाई नेपाल सरकारले बेवास्ता गरेको, साथै के कारणले नेपाल सरकार बेलायत सरकारले दिएको समयमा वार्ता गर्न चुक्यो र चुक्नुको कारण खुलाएर वार्ताको अर्को मिति माग राखेर बेलायत सरकारलाई पत्राचार नगरिनु यो सरासर हामी गोर्खाहरूप्रति नेपाल सरकारको हेपाह प्रवृत्ति भएको हाम्रो बुझाइ ।

६. रिले अनसन २१ जुलाई २०२१ मा सुरू गरेका थियौं तर यो दिन स्मरण गर्न नसकेको, अगष्ट ७ तारिख तीन जनाले भोकहडताल बसेको, १९ अगष्टमा भोक हडताल तोडेको र सेप्टेम्बर ८ तारिख नेपाल सरकार, बेलायत सरकार र गोर्खाहरूबीच पहिलो वार्ता भएको दिन १ वर्ष पूरा भएको वर्षगांठको स्मरण गर्न विशेष कार्यक्रम ल्याउन राजदूतको ध्यानाकर्षण गरिएको छ। जवाफमा राजदूत आचार्यले मितिहरू नोट गरिसकेको छु भन्नुभयो।

७. मिड सेप्टेम्बरबाट कथमकदाचित वार्ता सुरू भएन भने बाध्य भएर कडा भन्दा कडा आन्दोलन यही दूतावासबाट सुरू गर्छौ ।

८. यो आन्दोलनको दौडानमा कुनै अपृय घट्ना घटेमा यसको जिम्मेवार दूतावासले लिनुपर्नेछ ।

९. हामी गोर्खाहरूले यति सारै दुःख पाएको साथै यतिका वर्षसम्म आन्दोलन गर्दा पनि गोर्खाहरूले न्याय नपाउंदा नेपाल सरकारको अलिकति पनि मन नदुखेको आभास हामीलाई भएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू