शनिबार, मंसिर १५, २०८१
03:47
|
०९:३२
बाबुराम भट्टराईले दर्ता गरे नयां दल
रासस
जुलाइ २८, २०२२
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गराएको छ ।
सो समूहले आज निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको हो ।
आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी दर्ता गरिएको डा भट्टराई निकट नेता रमेश पोखरेलले जानकारी दिए । “यसअघि आयोगमा दर्ता रहेको समावेशी लोकतान्त्रिक पार्टीको विधान संशोधन गरेर नेपाल समाजवादी पार्टी बनाइएको छ । सो पार्टीले आज वैधानिकता पाएको छ”, उनले भने ।
सो पार्टीको निर्वाचन चिह्न आँखा छ । पार्टीको पहिलो बैठकबाट पदाधिकारी टुंग्याउने पोखरेलले बताए । “एक-दुई दिनमै पार्टीको बैठक बस्छ, त्यसले नेतृत्वसहित पदाधिकारीको टुंगो लगाउँछ”, नेता पोखरेलले भने ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५