नेपलिज सेफ एसोसिएसन यूकेमा रिक्त पद थप, अन्य विभिन्न निर्णय
लन्डन । बेलायतका नेपाली सेफहरुको संस्था ‘नेपलिज सेफ एसोसिएसन यूके’ को नयां कार्यसमितिको पहिलो बैठक २५ जुलाइ सोमबार बर्मिङहमको वेष्ट ब्रोमवीचमा सम्पन्न भएको छ ।
एसोसिएसनका अध्यक्ष कोशलेश्वर ढकालको अध्यक्षतामा सम्पन्न उक्त बैठकले पुरानो कार्यसमितिबाट बुझबुझारथसहित विभिन्न निर्णय गरेको छ ।
बैठकले कार्यसमितिको बैठक सञ्चालन नियमावली पारित गरेको छ भने क्षेत्रीय कमिटी गठन गर्न उपाध्यक्ष शिव कंडेललाई संयोजक तोकेको छ ।
बैठकले तीन जना सदस्यहरु थप गरेको छ जसमा मधु उपाध्याय, अर्जुनबहादुर थापा र चन्द्रबहादुर सहानी छन् ।
त्यसैगरि, सदस्यता विस्तारका लागि अर्का उपाध्यक्ष मोहन ओलीलाई जिम्मा दिएको छ । बैठकले संस्थाको पोर्टल बनाउन गोविन्द खरेललाई जिम्मा दिने निर्णय गरेको छ ।
बैठकमा अध्यक्ष कोशलेश्वर ढकाल, उपाध्यक्षत्रय मोहन ओली, शिवप्रसाद कंडेल, ठाकुरप्रसाद ढुंगाना, महासचिव राजु बोहोरा, सचिव यज्ञ खरेल, कोषाध्यक्ष धर्मगत चापागाईं, सहकोषाध्यक्ष केवी गुरुङ, सदस्यहरु गोकर्ण भुषाल, रामकृष्ण अर्याल, दिननाथ अर्याल, लालचन्द (रामजी) सापकोटा, अर्जुनबहादुर थापा, शेषकान्त सापकोटा (रामु) र सुमन शर्मा (सोहन) सहभागी थिए ।
त्यसैगरि, एसोसिएसनका पूर्व अध्यक्ष दधि आचार्य, पूर्व महासचिव भूपेन्द्र पाठक, सदस्यहरु भानुभक्त घिमिरे, चन्द्र सहानी र मधु उपाध्यायको पनि उपस्थिति थियो ।