शनिबार, मंसिर १५, २०८१
01:58
|
०७:४३
दुई सय २४ न्यायाधीशको सरुवा गर्ने न्याय परिषद् निर्णय
रासस
जुलाइ २६, २०२२
काठमाडौं । न्याय परिषद्को आज बसेको बैठकले दुई सय २४ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकाय प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको परिषद्को बैठकले विभिन्न जिल्लामा तीन वर्षभन्दा लामो समय बसेका न्यायाधीशको सरुवा गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
बैठकले जिल्ला न्यायाधीशका लागि आवेदन आह्वान गरेकोमा ६३ लाई प्रारम्भिक छनोट गरेको छ । छनोटका लागि दुई सयको आवेदन परेको थियो । बैठकले उच्च अदालतका लागि २७ न्यायाधीशको आवेदन माग गर्ने निर्णय गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५