मंगलबार, मंसिर ११, २०८१
17:15 | २३:००

श्रीलंकामा माक्स अनिवार्य गर्न सिफारिस   

रासस-सिन्ह्वा जुलाइ २६, २०२२

कोलम्बो – श्रीलंकामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ । कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन् ।

भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ ।

स्वास्थ्य सेवा महानिर्देशक असेला गुनावार्डेनाले नयाँ सङ्क्रमितहरुको सङ्ख्या बृद्धि हुदै गएकाले सतर्कता पनि बढाउनु पर्नेमा जोड दिए ।

विशेषगरि देशको पश्चिमी प्रान्तहरुमा महामारी धेरै फैलिदै गएको पनि उनले मंगलबार जानकारी दिए ।

महामारी सुरु भएदेखि नै मास्क अनिवार्य गरेको श्रीलंकाले गत जुनदेखि अनिवार्य मास्क नियम हटाएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू